मालपुवा खान बिहानै चार बजे उठ्थेँ

मालपुवा खान बिहानै चार बजे उठ्थेँ

म जन्मेको ललितपुरको चापागाउँमा। सन्तानमा म माइली छोरी। भाइ र दिदी हुनुहुन्छ। रमाइलो थियो बाल्यकाल। नर्सरी पढ्दादेखि नाँचगानमा उनको रुचि थियो। पढाईबाहेकका विषयमा पनि मेरो बढी रुचि थियो। कान्छी भएकीले म दिदीभन्दा अलि चुलबुले स्वभावको थिएँ। बोलक्कड पनि थिएँ। र बुवाआमाले माया चाँही हामी सबैलाई बराबर गर्नुहुन्थ्यो।

म अलि कालो वर्णकी। दिदी र भाइ मभन्दा गोरा थिएँ। अलि छिटो रिसाउने भएकाले छरछिमेकतिर मलाई जिस्काउँथे। म फेरि रिसाइहाल्थेँ। ‘दिदी र भाइ कति गोरा छन्, त चाँही कस्ती काली, तलाई अन्तैबाट ल्याएको’ भनेर जिस्काउने गर्थे। त्यति भन्दा मलाई रिस पनि उठ्थ्यो। म चाँही पत्याउथेँ। घरमा भाइलाई सानो भएर माया गर्नुहुन्थ्यो। मचाँही अरुले भनेको होकी झैं मानेर पत्याउँथें।

घरमा सधैँ छोरा, छोरीलाई गर्ने व्यवहार समान हुनुपर्छ भनेर सोच्थें। त्यो वातावरण पनि थियो। दिदीभन्दा मेरो स्वभाव सामाजिक थियो। खुलेर बोल्थेँ। सबैले माया गर्थे। गीत सुन्नेबित्तिकै नाच्न गइहाल्थेँ। विद्यालयमा पनि नाँचगान प्रतियोगितामा भाग लिने गर्थेँ। विद्यालयको वातावरण पनि सहज नै थियो। मेरो नृत्य देखेर शिक्षकहरूले पनि प्रोत्साहन गर्नुहुन्थ्यो। नाचेर धेरैपटक पदकहरू पनि जितेकी छु।

पढाईबाहेक खेलकुदमा पनि मेरो विशेष रुचि थियो। फुटबल, ब्याडमिन्टन, भलिबल र टेबलटेनिस खुब खेलिन्थ्यो। वादविवाद, वक्ततित्वकला, स्पेलिङ कन्टेष्ट र हाजिरीजवाफमा पनि म भाग लिन्थेँ। विद्यालयमा म भाइस क्याप्टेन पनि भएको थिएँ।

सानोबेलामा बालपत्रिका पनि खुब पढ्थेँ। धेरैपटक बालपत्रिकामा मैले आफ्ना रचनाहरू पनि छपाएकी छु। अतिरिक्त क्रियाकलापमा सहभागिता बढाईरहँदा पढाईमा पनि उत्तिकै अब्बल थिएँ। तर म प्रथम चाँही कहिले भइनँ। धेरैजसो म क्लासमा दोस्रो श्रेणीमा हुन्थेँ।

गर्मी तथा जाडो बिदामा म नाँचगान प्रतियोगितामा भाग लिन्थेँ। म बिदा मनाउन कतै घुम्न जान्न थिएँ। हाम्रो सानो पसल थियो। पसलमै बसेर सानो उमेरमा व्यापारमा पनि बुवाआमालाई सघाउथेँ।

म निकै सानो हुँदाको पनि मलाई सम्झना छ। हाम्रो एउटा होटल थियो। बिहान हाम्रो होटल असाध्यै खचाखच हुन्थ्यो। बिहान चार बजेदेखि तयारी गर्नुपथ्र्याे। अघिल्लो दिनमै मालपुवाका लागि पिठो भिजाएर राख्नुपथ्र्याे। मालपुवा खानका लागि म बिहान चार बजे नै उठ्थेँ। मालपुवा खुबै मिठो लाग्थ्यो। मलाई चारवटा मालपुवा सँधै खानुपथ्र्याे। त्यसपछि खुट्टा टेक्ने ठाउँ हँुदैनथ्यो। म फेरि सुत्न गइहाल्थेँ। अनि सात बजे उठेर डेढ घन्टा बाहिर खेल्न निस्कन्थेँ। त्यसपछि चाडै घर फर्किन्थेँ। विद्यालय नजिकै थियो। चाडो ड्रेस लगाएर म गइहाल्थेँ। त्यहाँ ९ बजे पुगेर मलाई खेल्नुपथ्र्याे। १० बजेसम्म खेलेपछि बल्ल शाररिक व्यायाम गरेर एसेम्ब्ली सुरु हुन्थ्यो। साँझ स्कुल भ्याएर घर फर्केपछि पनि मलाई खेल्न जानुपथ्र्याे।

भाइहरूसँग गुच्चा पनि खेल्थेँ। भाइ मभन्दा दुई वर्ष मात्रै सानो हो। घरमा गुच्चा खेल्नमा प्रतिबन्ध पनि थिएन। भाइहरूको हात सानो हुने, मेरो हालको लम्बाई धेरै भएकाले गुच्चामा मलाई कसैले सितिमिती जित्दैनथ्यो। त्यसैले भाइहरूले मलाई खेलाउन चाहँदैनथे।

भाइ र मलाई सँगै भर्ना गरिएको थियो। म भाइलाई हात समाएर लैजान्थेँ। एक कक्षासम्म सँगै पढ्यौं। तर एक कक्षामा भाइ फेल भयो। त्यसपछि भाइ र मबीच एक कक्षाको फरक रह्यो। उसलाई एउटै समस्या के भने, मैले पढिसकेको किताब उसलाई पढ्नुपर्ने। नयाँ किन्ने त कुरै भएन। त्यसपछि भाइ र मेरो सँधै भनाभन हुन्थ्यो।

म जिद्धी स्वभावको थिएँ। मलाई चित्त बुझेन भने खाना नखाई समेत बस्थेँ। खुला स्वभावको थिएँ म। चित्त नबुझेको कुरा फ्याट्ट भनिहाल्थेँ। आठ कक्षापछि दिदीको बिहे भयो। दिदीको बिहेपछि मलाई जिम्मेवारी बोध हुन थाल्यो। भाइलाई ख्याल गर्नुपर्छ जस्तो महसुस हुन थाल्यो। भाइको पढाई नबिग्रियोेस् भन्ने चिन्ता हुन्थ्यो। भाइलाई सँधै सम्झाउने बुझाउने गर्थँ। ‘बुवाआमाले तिमीमाथि ठुलो अपेक्षा गर्नुभएको छ, तिमीले बिगार गर्नुहुन्न’ यसरी नै भाइलाई सम्झाई बुझाई गराउने काम गर्थेँं।

दसैंतिहारको छुट्टी सबैभन्दा रमाइलो क्षण हुन्थ्यो। घुम्न जान पाइने, नयाँ लुगा, दक्षिणा पाइने। यस्ता कुराहरू सोचेरै मलाई रमाइलो लाग्थ्यो। गाउँ जाने एउटै समय हुन्थ्यो, दसैंतिहारको छुट्टी। ललितपुरको गोठखेलमा हाम्रो पुर्खौंली गाउँ छ। कच्ची सडक भएकाले गाडीमा त्यो समयमा पाँच घण्टा लाग्थ्यो। गाडीमा धेरै भीँडभाड हुने भएकाले म प्रायः साथीहरूसँग हिँडेरै जाने गर्थेँं। हिँड्दै जाँदा ८/९ घण्टा लाग्थ्यो। साथीहरूसँग जाँदा रमाइलै हुँन्थ्यो।

गाउँमा काकाकाकी, हजुरआमाले माया गर्नुहुन्थ्यो। मलाई त्यहाँ पुगेर ढिडो खान मन लाग्थ्यो। माछामासु भन्दा पनि दुधदहीमा मेरो विशेष रुचि थियो। गाउँ गएर आएपछि मोटाएर फर्किन्थेँ। हिँडेर आएकी भन्दै सबैले माया गरेर गोडामा तेल लगाउने समेत गर्नुहुन्थ्यो। तर अहिले त कहाँ पाउनु त्यस्तो।

गाउँमा मैले बाल्यकालको सबैभन्दा धेरै सम्झिने भनेको अगेना हो। सबैजना मिलेर आगो ताप्दै गफगाफ हुन्थ्यो। अहिले नजिकै भएपनि व्यस्तताले एकै ठाउँमा आफन्त भेला हुन गाह्रो छ। तर त्यो बेलामा दसैंमा आफन्त भेट्न सबैजना भेला हुन्थेँ।

म अभिभावकलाई बालबालिकालाई पढाउँदा नरम बोली एवं सरल भाषा प्रयोग गर्न अनुरोध गर्छु। बालबालिका काँचो माटोजस्ता हुन्छन्। उनीहरूलाई जे सिकायो त्यसको छाप पछिसम्म पर्ने हुँदा शिक्षक–शिक्षिकाले यस्ता कुरामा विशेष ध्यान पु‍¥याउनुपर्छ। बालबालिकालाई व्यावहारिक ज्ञान दिनुपर्छ।

सबै बालबालिकाको स्वभाव एउटै प्रकृतिको हुँदैन। शिक्षकले यस्ता कुरामा विशेष ध्यान दिनुपर्छ। बालबालिकालाई माया एवं हेरचाह गरेर पढाउनुपर्छ। यसो गर्दा बालबालिका शिक्षक–शिक्षिकासँग नजिक हुन्छन् र पढाएको कुरा पनि राम्रोसँग बुझ्छन्।

भाईबहिनीहरूलाई पनि म खुब पढ्न अनुरोध गर्छु। तिमीहरूले अहिले मिहिनेत गरेको पछिलाई काम लाग्छ। ज्ञानी बन्नुपर्छ। पढाईबाहेकको अन्य क्रियाकलापमा पनि ध्यान दिनुपर्छ। बदमाशी गर्नुहुँदैन। आफुभन्दा सानालाई माया र ठुलाको सत्कार गर्नुपर्छ।

(कलाकार सुन्तलीसँग पवन तिमल्सिनाले गरेको कुराकानी)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.