प्रहरी विचौलियासँग मिलेको पाइए कडा कारबाही हुन्छ : आईजीपी खनाल

प्रहरी विचौलियासँग मिलेको पाइए कडा कारबाही हुन्छ : आईजीपी खनाल

काभ्रे : नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरीले कुनै विचौलियासँग मिलेको पाइए कडा कारबाही हुने बताएका छन्।  जिल्ला प्रहरी कार्यालयको भवन उद्घाटन गर्दै आईजीपी खनालले भने, ‘विचौलियासँग मिलेर पीडितलाई दुःख दिएको थाहा भए कडा कारबाही हुन्छ।’ 

जिल्ला प्रहरी कार्यालयको भवन नेपाल सरकारको नियमित बजेट तथा राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहयोगमा निर्माण भएको हो।  पछिल्ला दिनमा त्यस्ता घटना सार्वजनिक भएकोप्रति आपत्ति जनाउँदै उनले विचौलियासँग मिलेर पीडितलाई मिलेर दबाब दिए कडा कारबाही हुने चेतावनी दिएका हुन्। 

प्रहरीको काम निष्पाक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्ने भएकाले विचौलियासँग मिल्नेकुरा प्रहरीले कल्पना पनि गर्नु नहुने बताए।  इन्जिनियर ईश्वर थापाका अनुसार ६ करोड ८४ लाख लागतमा भवन निर्माण भएको हो। कार्यक्रmमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, प्रदेश ३ का प्रहरी प्रमुख दीपक थापा, स्थानीय निकायका प्रमुख लगायतको उपस्थित रहेको थियो।

  जिल्ला प्रहरी कार्यालय काभ्रेको उद्घाटन गर्दैै आईजीपी सर्वेन्द्र खनाल । तस्बिर : शिखर चिमौरीया/एपीवान टेलिभिजन


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.