हैदरावादविरुद्धको एलिमिनेटर खेलमा सन्दीप परेनन्

हैदरावादविरुद्धको एलिमिनेटर खेलमा सन्दीप परेनन्

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) को एलिमिनेटर खेलमा अहिले दिल्ली क्यापिटल र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ । नेपाली क्रिकेट सन्दीप लामिछानेको टिम दिल्लीले आजको खेलमा पनि उनलाई समेटेन । 

दिल्लीले टस जितेर फिल्ड रोजेको छ । दिल्लीविरुद्ध हैदरावादले पहिलो ब्याटिङ गर्दैछ । नेपाली लेग स्पीनर सन्दीपलाई आजको खेलमा समावेश गर्ने अनुमान गरिएको भए पनि उनी टिममा नपरेका हुन् । 

दिल्लीले आफ्नो टिममा धेरै परिवर्तन गरेको छैन । आईपीएलको १२ औं संस्करणमा दिल्ली १४ खेलमा ९ जित हात पार्दै प्लेअफमा पुगेको हो । हैदरावाद भने ६ खेल जितेर प्लेअफमा पुग्ने भाग्यमानी टिम हो । 

आजको खेलमा विजयी भए दिल्लीले मंगलबार मुम्बई इण्डियनसँग पराजित चेन्नाइ सुपर किंग्ससँग क्वालीफायर खेल्ने छ । हिजोको जितसँगै मुम्बई फाइनल प्रवेश गरेको छ । क्वालिफायर जित्ने टिमले मुम्बईसँग फाइनल खेल्नेछ । 

मुम्बईले फाइनल प्रतिस्पर्धाका लागि अझै दुई खेलको नतिजा कुर्नु पर्नेछ । 

आईपीएलको ११ औं संस्करणमा डेब्यू गरेका सन्दीपले १२ औं संस्करणमा ६ खेल खेल्दा ८ विकेट लिएर राम्रो उपस्थिति देखाएका छन्। बलिङ इकोनोमीमा भने उनले सुधार गर्न सकेका छैनन्। ६ खेल खेल्दा उनको बलिङ इकोनोमी ९.१३ छ। 

बैंग्लोरविरुद्धको खेल सन्दीपका लागि सबैभन्दा खराब बनेको थियो। त्यसपछि उनले खेल्न पाएका छैनन् । गत सिजन बैंग्लोर विरुद्धकै खेलबाट आईपीएलमा प्रवेश पाएका सन्दीपले तीन खेल खेलेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.