बाबुरामलाई असन्तुष्टको ज्ञापन

बाबुरामलाई असन्तुष्टको ज्ञापन

काठमाडौं : संघीय समाजवादी पार्टी र नयाँ शक्तिबीचको पार्टी एकता सम्मानजनक नभएको भन्दै नयाँ शक्तिमा रहेका एक दर्जन नेताले असन्तुष्टि जनाएका छन्। पार्टीभित्र छलफल र बहसै नगराई हठात् एकता प्रक्रियामा सहभागी भएको भन्दै उनीहरूले नेता डा. बाबुराम भट्टराईलाई ज्ञापन बुझाउने भएका हुन्।

कृषिविज्ञसमेत रहेका नयाँ शक्तिका नेता मदन राईको ललितपुर ढोलाहिटी निवासमा बुधबार बसेको असन्तुष्ट नेताको भेलाले बाबुरामलाई ज्ञापन बुझाउने निष्कर्ष निकालेको भेलामा सहभागी नेता नारायण तिवारीले जानकारी दिए।

‘पार्टी एकता गर्दा लोकतान्त्रिक अभ्यास भएन, नयाँ शक्तिले उठाएका ५ ‘स’ को एजेन्डाको सम्बोधन भएन, संगठनात्मक एकता पनि सम्मानजनक, सन्तुलित र न्यायोचित भएन’, नयाँ शक्तिका केन्द्रीय सदस्यसमेत रहेका नेता तिवारीले भने, ‘यस विषयमा बाबुराम भट्टराईलाई लिखित ज्ञापन बुझाउने निर्णयमा पुगेका छौं।’

भेलामा पूर्वमन्त्रीसमेत रहेकी नेत्री कल्पना धमला, देवेन्द्र पराजुली, तीन नम्बर प्रदेश इन्चार्ज सोनामसिंह स्याङ्तान, कर्णाली संयोजक रामबहादुर बोहोरा, मदन राई, रामरिझन यादव, भक्तबहादुर शाह, पूर्वसभासद् ज्ञानेन्द्र कुमाललगायत नेता सहभागी थिए।

उनीहरूले एकीकृत पार्टीको नाम, झण्डा र चुनाव चिह्न फोरमकै लिएको र नेतृत्वका सवालमा पनि उपेन्द्रलाई कार्यकारी भूमिका दिएर आफू सेरोमेनियल मात्र बनेको भन्दै असन्तुष्टि जनाएका थिए। ‘पार्टी एकता वैज्ञानिक हुनै सकेन, हामीलाई एकताअघि केन्द्रीय समितिमा बोलाएर लोकतान्त्रिक विधि र प्रक्रियाका आधारमा छलफल गर्नै दिइएन’, तिवारीले भने, ‘एकता भनेको सम्मानजनक र बराबरीकौ हैसियतमा हुनुपथ्र्यो। सीधै समर्पणभाव देखिने गरी एकता भयो। यसमा हाम्रो असहमति हो।’

जातीयताको मुद्दा, ११ प्रदेशको राज्य पुनःसंरचनाका विषय अहिले अनावश्यक मुद्दाका रूपमा उठाउन खोजिएकोमा पनि भेलामा सहभागी नेताले विमति राखेको उनले बताए। पहिले भट्टराईलाई लिखित ज्ञापन बुझाउने र त्यसपछि पनि आफ्ना माग सम्बोधन हुन नसके छुट्टै विचार समूहका रूपमा अगाडि जाने विषयमा पनि उनीहरूले छलफल चलाएका थिए। यद्यपि अन्य पार्टीसँगको एकतामा जाने विषयमा भने उनीहरूले कुनै छलफल नगरेको तिवारीले बताए।

‘हामी यहीँभित्र संघर्ष गर्ने तयारीमा छौं, अन्य कुनै पार्टी प्रवेश गर्ने भन्ने होइन’, उनले भने।    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.