वर्षगाँठमा नेकपाको एकता टुंगो

वर्षगाँठमा नेकपाको एकता टुंगो

काठमाडौं : सत्तारूढ दल नेकपाले दुई पार्टी एक भएको वर्षगाँठमा एकताका सबै प्रक्रिया टुंग्याउने भएको छ। जेठ ३ मा नेकपाको पार्टी एकता भएको वर्ष दिन पुग्दै छ। पोलिटब्युरो गठन, जनसंगठनको एकता, पार्टी नेताहरूको कार्यविभाजनलगायत काम अझै बाँकी छन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली बिहीबारबाट कम्बोडिया र भियतनाम भ्रमणमा जाने भएकाले उनी फर्किएपछि मात्र एकता टुंग्याउने नेकपा शीर्ष नेताको समझदारी छ। ओली जेठ १ गते मात्र स्वदेश फर्किनेछन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागी बैठकले जेठ ३ मा एकता टुंग्याउने गरी समझदारी निकालेका हुन्। शीर्ष नेताको बैठकमा पोलिटब्युरो गठन, जनसंगठनको एकता र कार्यविभाजन केन्द्रित छलफल भएको र एक कदम अगाडि बढेको अध्यक्ष दाहालले पुष्टि गरेका छन्।

बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा यी विषयमा छलफल अघि बढेको उनले बताए। ‘पोलिटब्युरो गठन, केन्द्रीय नेताहरूको कार्यविभाजन र जनसंगठनहरूको एकतामा हामी अन्तिम टुंगोमा पुगेर आजै मात्र हामी एक कदम अगाडी बढेका छौं,’ दाहालले भने। नेकपामा कुल केन्द्रीय समितिको एकतिहाइ अर्थात् १ सय ४७ जनाको पोलिटब्युरो बनाउने सहमति छ, जसमा ८१ जना पूर्वएमाले र ६६ जना पूर्वमाओवादी नेता पोलिटब्युरोमा समेट्ने समझदारी शीर्ष तहमा यसअघि नै भइसकेको छ।

तत्कालीन एमालेका तर्फबाट पोलिटब्युरोमै रहेका ६१ जना र थप २० नयाँ अनुहार समेटिनेछन् भने माओवादीका तर्फबाट अहिले स्थायी समितिमा रहेका १९ जना र अन्य ४७ जना भने विगत सचिवालयमा रहेका नेता र एकता प्रक्रियामा सहभागीबाट छनोट गर्ने तयारी छ। जनसंगनठका सवालमा भने महिला, विद्यार्थी, युवा र मजदुरमा सबैभन्दा बढी पेचिलो विवाद छ। चारै संगठन तत्कालीन एमालेले नेतृत्व छोडन चाहेको छैन भने माओवादी तर्फकाले दुईदुई वटा संगठन भागबन्डा लगाउनुपर्ने बताएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.