अपाचे आरआर ३१० बजारमा
काठमाडौं : अपाचे मोटसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले नयाँ टीभीएस अपाचे आरआर ३१० नेपाली बजारमा भित्र्याएको छ। कम्पनीका अनुसार ३५ बर्से रेसिङ विरासतको आधारमा यसको डिजाइन, निर्माण र इन्जिनियरिङ गरिएको हो।
विशेषगरि रेसिङप्रति रुची राख्ने युवावर्गको माग सम्बोधन गर्ने कम्पनीको विश्वास छ। यो टीभीएसको पहिलो पूर्ण स्र्पोटस् मोटरसाइकल हो। कम्पनीले दुई वर्ष लगाएर यो मोटरसाइकल विकास गरेको हो।
इन्जिन र गियर
मोटरसाइकलले ३० किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ। यसमा ११ लिटरको फ्यूल ट्यांक छ। राइडिङ पोजिसनलाई सुरक्षित र आरामदायी बनाउन बजारमा उपलब्ध अन्य मोटरसाइकलको तुलनामा ट्यांको क्षमता सानो बनाइएको हो। यसको रेसिङ लुक्स, आकर्षक डिजाइन, उच्च माइलेज, उत्कृष्ट ब्रेकिङ, स्लिपर कल्च, भीभीए इन्जिन, मस्कुलर बडीजस्ता फिचरले यो बाइकलाई उत्कृष्ट बनेको छ।
मोटरसाइकलमा सिक्स–स्पीडको गियर बक्स छ। यो बाइकमा रेगुलर क्लचलाई हटाएर कम्पनीले स्लिपर क्लच दिएको छ। यसले गियर परिवर्तन गर्दा लाग्ने शक्तिलाई न्यूनीकरण गर्छ। छोटो समयमै गियर परिवर्तन हुन्छ। बिनाझन्झट चालकले गियर परिवर्तन गर्न सक्छन्।
लुक्स
उत्कृष्ट डिजाइन र आकर्षक लुक्स टीभीएस मोटरसाइकलको विशेषता हो। आर ३१० को लुक्स प्रिमियम मोटरसाइकलको जस्तै छ। यो इन्ट्रिलेभलको रेसिङ मोटसाइकल भए पनि यसको लुक्स पूर्ण क्षमताको रेसिङ मोटरसाइकल जस्तै छ। सटिक ग्राफिकले रेसिङ मोटरसाइकलको अनुभूति प्रदान गर्छ।
दुई एलईडी प्रोजेक्टर हेडल्याम्प, ईईडी टेलल्याम्प, एलईडी ब्लिंकर र मस्कुलर बडीले मोटरसाइकल प्रिमियम देखिएको छ। यो दुई रंगमा उपलब्ध छ, म्याटे ब्लाक र रातो। यसमा प्रयोग गरिएको फाइबरले मोटरसाइकलाई प्रिमियर लुक्स प्रधान गरेको छ। यसले रेसिङ मोटरसाइकलको पूर्ण अनुभूति प्रदान गर्नेछ।
ब्रेक र टायर
मोटरसाइकल पर्फर्मेन्स र शक्तिका आधारमा जोडदार छ। यसमा डुब्ल एन्डी ब्रेकिङ सिस्टम (एबीएस) छ। उच्च गतिमा पनि मोटरसाइकल सन्तुलित रूपमा रोक्न सकिन्छ। एबीएस जडान गरिएको मोटरसाइकल डिक्स ब्रेकको जस्तो चिप्लिने सम्भावना हुँदैन। उच्च गतिमा रमाउने राइडरका लागि यो एउटा विकल्प हुनसक्छ।
यसको फ्रन्टमा ३०० एमएम पेटल डिक्स (एबीएस) र रियरमा २४० एमएम पेटल डिक्सी (एबीएस) छ। मोटरसाइकलमा १७ इन्चको अलो ह्वील छ। फ्रन्ट र रियरमा ट्यूबलेस टायर छ। फ्रन्ट ११०÷७०–आर १७ एम÷सी ५४ एच र रियर १५०÷६०–आर १७ एम÷सी ६६ एच टायरको लम्बाइ र चौडाइ छ।
आयाम र तौल
आरआर ३१० को तौल एक सय ७० किलो छ। २००१ एमएम लम्बाइको मोटरसाइकलको चौडाइ ७८६ एमएम तथा उचाई ११३५ एमएम छ। १३२५ एमएम ह्वील बेसमा १७० एमएम ग्राउन्ड क्लियरेन्ससहित सिटको उचाइ ८१५ एमएम छ।
मुल्य
आर ३१० को मुल्य ७ लाख ७९ हजार नौ सय रुपैयाँ तोकिएको छ। पर्फर्मेन्स र क्षमताका आधारमा मोटरसाइकल बेजोड भए पनि मुल्यका कारण ग्राहक हच्किने सम्भावना छ। यसमा प्रयोग गरिएको प्रविधि र डिजाइनका कारण मोटरसाइकलको मुल्य केही महँगो पर्न गएको हो।
यसको डिजाइनले राइडरलाई रेसिङ मोटरसाइकल चलाएको अनुभूति प्रदान गर्छ। यसको आकर्षक तथा रेसिङ लुक्सले सडकमा गुडेका अन्य मोटरसाइकलको तुलनामा यसतर्फ अरूको ध्यान खिच्न सफल हुनेछ।