मोटरसाइकलको ठक्करबाट मन्थलीमा एक वृद्धाको मृत्यु
![मोटरसाइकलको ठक्करबाट मन्थलीमा एक वृद्धाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Ramechhap_20190509055130_QJBeF3iRnc.jpg)
रामेछाप : मन्थलीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। बिहीबार बिहान खिम्तीबाट मन्थली आउँदै गरेको बा ४८ प ३०१८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा लिखु तामाकोसी गाउँपालिका वडा नं ७ तिल्पुङकी ६५ वर्षीया केशरी तामाङ मृत्यु भएको हो।
मोटरसाइकलको ठक्करबाट घाइते भएकी तामाङको तामाकोसी सहकारी अस्पताल उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए। मन्थली नगरपालिका वडा नम्बर १ का २० वर्षीय मोटरसाइकल चालक रामकुमार श्रेष्ठ र मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ।
यसअघि बुधबारमात्रै मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँमा बा ५१ प ६३६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा र पुरानागाउँका ११ वर्षीय बालक चोककुमार श्रेष्ठको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)