एक किलो ६ सय ग्राम सुनसहित एक पक्राउ

एक किलो ६ सय ग्राम सुनसहित एक पक्राउ

हेटौंडा : मकवानपुर प्रहरीले एक किलो छ सय ४९ ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ। 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेमा गत वैशाख २३ गते बिहान साढे ३ बजे सुनसहित पक्राउ परेका भोजपुर षडानन्द नगरपालिका ४ का २९ वर्षीय किशोर ल्वागुनलाई प्रहरीले बिहीबार सार्वजनिक गरेका हो। 

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९२ नम्बरको यात्रुबहाक बस चेकजाँचका क्रममा उनलाई सुनसहित पक्राउ गरिएको हो। 

ल्वागुनले दुबै खुट्टाको जुत्ताभित्र पैतलामुनी र पाइन्टको खल्तीमा भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको सुन बरामद गरिएको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए। बरामद गरिएको सुनको हाल बजारमूल्य ८५ लाख ८६ हजार २६ रुपैयाँ रहेको उनले जानकारी दिए। 

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको टोलीले विषेश सूचनाको आधारमा सुनसहित ल्वागुनलाई पक्राउ गरेको सिंहले बताए।

पक्राउ परेको सुन र कारोबारमा संलग्न रहेका उनलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइने उनले जानकारी दिए। 

दोस्रो पटक अवैध सुन कारोबारमा संलग्न हुँदै गर्दा उनलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ। मकवानपुर प्रहरीले ठूलो परिमाणमा अवैध सुनसहित पहिलो पटक कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.