फरेस्टर घुससहित पक्राउ
काठमाडौं : चौफा सब डिभिजन वन कार्यालय, चौरजहारी, रूकुम पश्चिममा कार्यरत फरेष्टर महेन्द्र विसी घुससहित पक्राउ परेका छन्। कटान आदेशको काममा सहजिकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।
फरेष्टर विसीलाई ७ हजार घुस बापतको रकम लिइसकेको अवस्थामा मुसीकोट नगरपालिका- १ रूकुम पश्चिमस्थित कालिका मन्दिर नजिकको विमला खाजा घरबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।
घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।