हावाहुरी पीडितलाई डिशहोमको निशुल्क सेवा
काठमाडौं : डिश मिडिया नेटवर्क लिमिटडले बारा जिल्लाका हावाहुरी प्रभावितलाई निशुल्क सेवा दिएको छ। कम्पनीले हावाहुरी प्रभावित क्षेत्रका ५ सय घरधुरीमा टेलिभिजन सिंग्नल निशुल्क सुचारू गरिदिएको हो।
कम्पनीले बाराका परसौनी, परवानीपुर, वरवारिया गाउँपालिकाका हावाहुरी प्रभावितलाई निशुल्क सेवा दियो। प्रभावित क्षेत्रमा निशुल्क एन्टेना परिवर्तन, निशुल्क तार वितरण तथा जडान गरिदिएको हो। पीडितलाई केही मात्रामा भएपनि राहत होस् भन्ने उदेश्यले निशुल्क सेवा दिएको कम्पनीले जनाएको छ।
डिशहोम नेपालको एक मात्र आधिकारिक डिटिएच सेवा हो। डिशहोमको सेवा संचालनमा आएपछि नेपालमा भारतिय पे र फ्रि डिशहरु विस्तारै विस्थापित हुँदै गइरहेको छ।