पञ्चेबाजासहित प्रचण्डको ५० औं वैवाहिक वर्षगाँठ

पञ्चेबाजासहित प्रचण्डको ५० औं वैवाहिक वर्षगाँठ

 काठमाडौं : बञ्चेबाजा र धिमेबाजासहित नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार दोस्रो पटक सीता दाहालसँग विवाह गरेका छन्। 

२०२६ साल वैशाख २६ गते सीता दाहालसँग विवाह  गरेका प्रचण्डले बिहीबार ५० औं वैवाहिक  वर्षगाँठ विशेष ढंगले मनाएका हुन्। बिहीबार साँझ खुमलटारस्थित निवासमा पारिवारिक जमघटमा प्रचण्डले वैवाहिक जीवनको ५० औं वर्षगाँठ मनाएका हुन्। 

२०७४ मंसिर ३ गते छोरा प्रकाश दाहालको निधन भएपछि सीता विक्षिप्त छन्। छोराको शोकपछि विक्षिप्त बनेकी सीताको मन भुलाउन प्रचण्डले ५० औं वैवाहिक वर्षगाँठलाई विशेष बनाउने तयारी ७-८ महिना अघिनै तयारी गरेका थिए। 

५० औं वर्षगाँठमा आफ्नो विवाहको लमी बनेका केशवप्रसाद भट्टराईलाई गत भदौमा प्रचण्ड स्वयम्ले बालाजु पुगेर  निम्तो दिएका थिए। यद्यपी उनको गत वर्ष पुसको अन्तिम साता निधन भइसकेको छ। 

बिहीबार पारिवारिक जमघटमा प्रचण्डले सीताको साथमा वैवाहिक वर्षगाँठ मनाएका हुन्। प्रचण्ड र सीतालाई शुभकामना दिन नेकपाका शीर्ष नेता, मन्त्री र जनप्रतिनिधिको बाक्लो उपस्थिति थियो। 

५० औं वैवाहिक वर्षगाँठको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रचण्डका नातिनीले नेपाली र हिन्दी रिमिक्स गीतमा नृत्य प्रस्तुत गरेका थिए। 

सीताकै आग्रहमा पुनः विवाह 
५० औं वैवाहिक वर्षगाँठको अवसरमा सम्बोधन गर्दै प्रचण्डले सीताकै आग्रहमा यो कार्यक्रम गरिएको बताए। प्रचण्डले पत्नी सीताले एक वर्षअघि नै कार्यक्रम गर्नुपर्ने धारणा राखेकी थिइन्। यो विषयमा छलफल गर्दा छोरीहरुले पनि कार्यक्रम गर्दा राम्रै हुन्छ भनेपछि यो सबै योजना बनेको बताए। 

प्रचण्डले यो कार्यक्रमले सीताको स्वास्थ्य उपचारमा मानसिक रुपमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेकोसमेत बताए। 

‘अहिले मेरी जीवनसंगीनी सीता दाहालको स्वास्थ्य स्थिति मेरो परिवारका लागि गाह्रो छ’, प्रचण्डले भने, ‘डाक्टरका अनुसार पनि उनलाई अलिबढी थेरापी आवश्यक छ। सँगसँगै सबैले दिने माया र हौसलाले उनको स्वास्थ्य ठिक हुन्छ।’ 

‘एक वर्षअघि नै सिताले ५० औं वर्षको अवसरमा केही न केही कार्यक्रम गर्नुपर्छ भनेकी थिइन्’, प्रचण्डले भने, ‘छोरीहरुको पनि राम्रै हुन्छ भन्ने इच्छा र चिकित्सकलेसमेत सीताका लागि राम्रो उपचार हुन्छ भन्ने सल्लाह भएका कारण यो कार्यक्रम भएको हो।’ 

यो कार्यक्रमले परिवारमा हौसला मिलेको प्रचण्डले बताए। ‘यो कार्यक्रमले सीताको हौसला बढेको छ। उनको भित्रि मनोबल उच्च भएको छ’, उनले भने, ‘अहिलेसम्म बसिरहेको देख्दा मलाई पनि अचम्म लागेको छ।’ 

प्रचण्डले ५० औं वैवाहिक वर्षगाँठ सबैको प्रेरणाका कारण भएको बताए। उनले कार्यक्रमलाई सम्बोधन गर्दै अन्तिममा सबैलाई जलपानमा सहभागी हुन आग्रह गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.