११ विद्यार्थी संगठनको पत्रकार सम्मेलनबाटै विप्लवका विद्यार्थी नेता पक्राउ
काठमाडौं : ११ विद्यार्थी संगठनको पत्रकार सम्मेलनबाटै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन् । शुक्रबार दिउँसो काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा ११ विद्यार्थी संगठनको पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
पत्रकार सम्मेलनस्थल चलिरहँदा ढकाल रहेको जानकारी पाएपछि प्रहरीले कार्यक्रमस्थल घेराबन्दी गरेको थियो । पत्रकारसम्मेलन सकेर ढकालबाहिर निक्लने वित्तिकै उनलाई पक्राउ गरिएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघलगायत सत्तारुढ दल इतरका विद्यार्थी संगठनले पत्रकार सम्मेलन आयोजना गरेका हुन् । सरकारका अनियमितता र शिक्षा क्षेत्रका मागप्रति ऐकेबद्धता जनाउन पत्रकार सम्मेलन गरिएको थियो ।