झुन्डिएको अवस्थामा शव फेला
दार्चुला : मार्मा गाउँपालिका-१ पाकु बस्ने वीरबल महराका २६ वर्षीय छोरा दलबहादुर महरा झुन्डिएको अवस्थामा फेला परेका छन्। गोठको दिवालमा भएको प्वालमा खेत जोत्ने जुवा अड्याएर प्लाष्टिकको डोरीले पासो लगाइ झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक रबिन्द्र कठायतले जानकारी दिए
घट्नाबारे शुक्रबार बिहान आफन्तले टेलिफोनमार्फत जानकारी गराएपछि प्रहरी निरीक्षक सुरेश विकको नेतृत्वमा प्रहरी टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ।