भारतका पूर्व सेनापतिलाई सम्मान

भारतका पूर्व सेनापतिलाई सम्मान

काठमाडौं : एशिया प्यासिफिक सेन्टर फर सेक्युरिटिज स्टडिज (एपीसीएसएस) ले भारतका पूर्व प्रधान सेनापति महारथी दलवीर सिंह सुहाग र उनकी श्रीमती नमितालाई ज्ञानेश्वरस्थित आफ्नो कार्यालयमा स्वागत गरेको छ। 

कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधान सेनापति महारथी राजेन्द्र क्षेत्री पनि सहभागी थिए। स्वागत कार्यक्रममा एपीसीएसएसका अन्य २५ सदस्यहरु उपस्थित थिए। एपीसीएसएस सदस्य चिरनजंग थापाले भारतीय पूर्वसेनापति सिंहलाई कार्यालयमा स्वागत गर्दै उनको नेपालीप्रतिको अपनत्वबारे संक्षिप्त प्रकाश पारेका थिए। थापाले सिंह अर्ध गोर्खा भएको आरोप लागेको सन्दर्भ स्मरण गरेका थिए। सिंह भारतीय सेनाको गोर्खा रेजिमेन्टबाट आएका थिए। महारथी सिंहले उक्त आरोपलाई अस्वीकार मात्र गर्दैनथे, त्यसको जवाफमा भन्ने गर्थे, ‘म आधा गोर्खा होइन, दुई तिहाई नै गोर्खा हुँ।’

थापाले नेपालमा २०७२ वैशाख १२ गते भूकम्प गएका बखत महारथी सिंह विदेश यात्रामा निक्लनै लागेको सन्दर्भ उल्लेख गरे। नेपालमा भएको उक्त घटना थाहा पाउने बित्तिकै सिंहले आफ्नो विदेश भ्रमण रद्द गरी भारतीय सेनाले सुरु गरेको उद्धार तथा राहत कार्यमा व्यक्तिगत रुपमा आबद्ध भए। सिंहले नेपाली समकक्षीलाई भूकम्प गएको पाँच मिनेटमै फोन गरी नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग भारतीय सेनाले उपलब्ध गराउने आश्वासनसमेत दिएका थिए। अझ भारतले लगाएका नाकाबन्दी खुलाउन सिंहको भूमिका उल्लेखनीय रहेको थियो।

नेपालका पूर्व प्रधान सेनापति महारथी क्षेत्रीले दुई देशबीचको सैनिक बलियो सम्बन्धका बारे चर्चा गर्दै विगतका आपत्कालीन अवस्थाका कठिन चुनौती सामना गर्न गरिएको सहयोगको स्मरण गरे। 

महारथी सिंहले आफू नेपालमा रहुञ्जेल आफ्नै घरमा रहेको जस्तो अनुभूति हुने गरेको बताए। उनले दुई देशको सैनिक सम्बन्ध नै द्विपक्षीय सम्बन्धको कडी रहेको उल्लेख गरे। सिंहले एपीसीएसएसलाई कार्यक्रम आयोजना गरी आपूmलाई आमन्त्रण गरेकोमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रममा उपस्थित भएका सदस्यहरुलाई पूर्वी अफ्रिका नजिकै रहेको भारतीय टापु सेच्लेसको भ्रमणको निम्तो दिए। सिंह हालसालै सेच्लेसका लागि भारतको उच्च आयुक्तमा नियुक्त भएका हुन्। यो एउटा संयोग नै मान्नुपर्छ पर्छ कि नेपालमा भूकम्प आएको चार वर्षपछि (२५ अप्रिल) का दिन सिंह उच्चायुक्तमा नियुक्त भएका थिए।

एपीसीएसएसका सदस्य एवं नेपालका पूर्व मन्त्री डा. प्राश चन्द्र लोहनीले सिंहको कार्यकालमा दुई देशको सम्बन्ध अझ मजबुत बनाउन उनले खेलेको भूमिकाको सह«ाना गर्दै उनको अर्काे कार्यकालका लागि शुभकामना व्यक्त गरे। एपीसीएसएस एलुम्नाइको नेपाल अध्यक्षका तर्फबाट पूर्व महान्यायाधिवक्ता सुशील पन्तले महारथी सिंह र उनको श्रीमतीलाई धन्यवाद दिंदै कूटनीतिज्ञका रुपमा सुरु भएको उनको नयाँ यात्रालाई शुभकामना व्यक्त गरे। पन्तले सिंहलाई काठमाडौंमा भारतीय राजदूतको रुपमा आफुले देख्न चाहेको समेत उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.