एसईईको उत्तरपुस्तिका जाँच्न छोडेर शिक्षक आन्दोलनमा

एसईईको उत्तरपुस्तिका जाँच्न छोडेर शिक्षक आन्दोलनमा

काठमाडौं : चैतमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण छोडेर शिक्षक आन्दोलनमा उत्रेका छन्। उत्तरपुस्तिकालाई अलपत्र पारेर उनीहरुले परीक्षण केन्द्रमै ताला लगाएका छन्।

परीक्षणवापतको रकम बढाउनुपर्ने माग उनीहरुले राखेका छन्। उत्तरपुस्तिका परीक्षण सुरु हुने बेलासम्म चुपचाप लागेका उनीहरु उत्तरपुस्तिका जिम्मा लिएर परीक्षण समेत सुरु भएपछि आन्दोलनमा उत्रेका हुन्।

परीक्षण नै प्रभावित हुनेगरी आन्दोलनमा उत्रेपछि उनीहरुको सर्वत्र आलोचना भएको छ। उनीहरुले भने परीक्षणवापत पाउनु पर्ने रकम नबढाएसम्म ताला नखोल्ने र आन्दोलनलाई जारी राख्ने बताएका छन्।

आन्दोलनमा तीनवटा शिक्षकका संघ संगठन सहभागी छन्। नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक संघ आन्दोलनमा सहभागी छन्।

पनिकाले मुलुकभर ६० वटा केन्द्रबाट उत्तरपुस्तिका परीक्षण गरिरहेको छ। एसईई परीक्षामा मुलुकभर ४ लाख ७० हजार सहभागी थिए। उनीहरुको परीक्षा चैत अन्तिममा सकिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.