विप्लव निकट अनेरास्ववियु क्रान्तिकारीका पाल्पा अध्यक्ष पक्राउ
तानसेन : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका निकट अनेरास्ववियु क्रान्तिकारीका जिल्ला पाल्पा अध्यक्ष मुक्ति गैरे प्रकाउ परेका छन्।
विद्यार्थी नेता गैरेलाई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले तानसेनको बसन्तपुरबाट पक्राउ गरेको प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले बताए।
सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध गरेपछि पाल्पा प्रहरीले अन्य नेता तथा कार्यकर्ताको खेजी गर्दै आएको छ। पक्राउ गरेका विद्यार्थी नेता गैरे पार्टी सचिवाय सदस्य समेत रहेका छन्। पक्राउ परेका गैरेमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।