आईपीएल दोस्रो क्वालिफायर : इतिहास रच्ने दिल्लीको सपना

आईपीएल दोस्रो क्वालिफायर : इतिहास रच्ने दिल्लीको सपना

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) १२ औं संस्करणको दोस्रो क्वालिफायरमा शुक्रबार युथ भर्सेज एक्सपेरियन्स टिमले प्रतिस्पर्धा गर्दैछन्।  चेन्नाई सुपर किंग्स आईपीएलको साविक विजेता हो। दिल्लीले भने चेन्नाईलाई पराजित गर्दै पहिलो पटक फाइनल खेल्ने सपना बोकेको छ। 

चेन्नाईसँगको खेलमा दिल्लीले यसअघि निराशा भोगेको छ। लिग चरणमा राम्रो प्रदर्शन गरेको दिल्ली चेन्नाईसँग बदला लिँदै इतिहास रच्ने रणनीतिमा छ।  फाइनल प्रवेशमा मुम्बई इन्डियन्स बाधक बनेको चेन्नाई फेरि दिल्लीलाई हराउँदै फाइनलमा मुम्बईसँगको भेट पक्का गर्ने धुनमा छ। 

आजको खेलको विजेताले फाइनलमा मुम्बईको सामना गर्नेछ। खेल शुक्रबार साँझ ७ : ३० बजे हुँदैछ।  बुधबार भएको एलिमिनेटर खेलमा सनराइजर्स हैदरावादलाई एक बल बाँकी हुँदा पराजित गर्दै दिल्लीले चेन्नाईसँगको भेट पक्का गरेको थियो।  चेन्नाई भने पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको हो। 

दिल्लीका उत्कृष्ट बलर कासिगो रबाडा नहुँदा ऋषभ पन्तले उनको अभाव खड्किन दिएका छैनन्। चेन्नाईका लागि कप्तान महेन्द्रसिंह धोनीको रणनीतिलाई सफल मानिएको छ। 

चेन्नाई लिग चरणका दुवै खेलमा दिल्लीलाई पराजित गरेको टिम हो। त्यसैले उसको मनोबल उच्च छ। दिल्ली भने लिग चरणको परिणाम उल्टाएर चेन्नाईलाई जवाफ दिने तयारीमा छ। आज चेन्नाईमाथि जित दर्ता गरे दिल्लीले पहिलो पटक फाइनल पुगेर इतिहास बनाउने छ।  

दिल्लीले आजको खेलमा नेपाली स्पिनर सन्दीपलाई खेलाउने सम्भावना कम देखिन्छ। उनी पछिल्ला खेलमा लगातार र प्लेइङ ११ मा पर्न सकेका छैनन्। 

बुधबारको खेलमा सनराइजर्स हैदराबादलाई २ विकेटले पराजित गर्दै दिल्लीले चेन्नईसँगको भेट पक्का गरेको थियो। 

पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनाएको थियो। १६३ रनको लक्ष्य पाएको दिल्लीले अन्तिम बल बाँकी छँदा लक्ष्य भेट्टाएको थियो। 

आईपीएलको ११ औं संस्करणमा दिल्लीबाट डेब्यू गरेका सन्दीपले १२ औं संस्करणमा ६ खेल खेल्दा ८ विकेट लिएर राम्रो उपस्थिति देखाएका छन्। बलिङ इकोनोमीमा भने उनले सुधार गर्न सकेका छैनन्। ६ खेल खेल्दा उनको बलिङ इकोनोमी ९.१३ छ। 

बैंग्लोरविरुद्धको खेल सन्दीपका लागि सबैभन्दा खराब बनेको थियो। त्यसपछि उनले खेल्न पाएका छैनन्। गत सिजन बैंग्लोर विरुद्धकै खेलबाट आईपीएलमा प्रवेश पाएका सन्दीपले तीन खेल खेलेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.