‘उत्तर कोरियाले युद्धको सम्भावना बढायो’

‘उत्तर कोरियाले युद्धको सम्भावना बढायो’

एजेन्सी 

सोल : रक्षा विशेषज्ञले उत्तर कोरियाले बिहीबार गरेको मिसाइल परीक्षणले युद्धको सम्भावना बढाएको बताएका छन्। उनीहरूका अनुसार उत्तरले बिहीबार छोटो दुरीमा सटिक प्रहार गर्नसक्ने क्षमताका मिसाइल परीक्षण गरेको छ।

साथै उनीहरूको भनाइमा अहिले उत्तर कोरियाले छोटो दुरीका तर प्रभावकारी, सटिक प्रहार गर्ने र आणविक हतियारसमेत बोक्ने मिसाइल विकास गरिरहेको छ। बिहीबारको परीक्षणका तस्बिर अध्ययन गरी रक्षा विशेषज्ञले यस्तो निष्कर्ष निकालेका हुन्। 

उनीहरूका अनुसार अमेरिका–दक्षिण कोरियासँग युद्ध भइ हाले उत्तर निकै प्रभावकारी लडाइँ गर्ने क्षमता विकास गरिरहेको छ। पहिलो परीक्षण नगरिएका शस्त्रास्त्र गत शनिबार उत्तर कोरियाले त्यहाँका नेता किम जोङ उनको उपस्थितिमा परीक्षण गरेको थियो। 

उसले तुलनात्मक रूपमा साना तर तीव्र गतिका र गति परिवर्तन गर्न मिल्ने मिसाइल परीक्षण गरेको अनुमान विशेषज्ञको छ। उनीहरूले यस्ता मिसाइल युद्धमा बढी प्रभावकारी हुने र प्रक्षेपणसमेत सजिलै लुकाउन सकिने बताएका छन्।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले शुक्रबार जारी गरेका तस्बिरको अध्ययनबाट बिहीबार र गत शनिबार एकै खालका मिसाइल परीक्षण गरिएको दाबी पनि रक्षा विशेषज्ञको छ।
गत फेब्रुअरीमा हनाईमा भएको अमेरिकासँगको शान्ति वार्ता बिनानिष्कर्ष अन्त्य भएपछि उत्तर कोरियाले शस्त्रास्त्र परीक्षण तीव्र पारेको छ।

‘उत्तर कोरिया अमेरिकामाथि दबाब दिन मात्र मिसाइल परीक्षण गरिरहेको छैन भन्ने दोस्रो परीक्षणले देखाएको छ’, क्यालिफोर्नियास्थित जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफेरेसन स्टडिज (सिएनएस) को मिसाइल विशेषज्ञ समूहकी सदस्य ग्रेस लिऊले भनिन्, ‘उनीहरू मिसाइल प्रतिरक्षा प्रणालीले रोक्न नसक्ने भरपर्दा र सजिलै ओसारपसार तथा हान्न सकिने मिसाइल विकास गरिरहेका छन्।’

अमेरिका र दक्षिण कोरियाले परीक्षण ससाना भएकाले खासै चिन्ता लिनु नपर्ने भनिरहँदा विशेषज्ञले भने नयाँ ससाना मिसाइलको प्रयोग र प्रभावकारिताको बेवास्ता गर्न नमिल्ने बताएका छन्।

‘ट्रम्प प्रशासनले यी आइसिबिएम (इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल) होइनन् र अमेरिकाको छेउछाउ पनि आइपुग्दैनन् भनेर टार्ने प्रयास गरेको छ’, अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीबारे अध्ययन गर्ने संस्था डाटायोकी शस्त्रविद् मेलिसा ह्यान्हमले भनिन्, ‘यस्तै मिसाइलले नै युद्ध सुरु हुन्छन्।’

उनका अनुसार यी मिसाइल लुकाउन सहज साना, सजिलै जोडजाड गर्न मिल्ने खालका हुन्छन्। ‘यी हतियार यति साना र सजिला हुन्छन् कि कसैले के बोकेको छ वा कुन हतियार ओसारीरहेको छ, थाहा पाउन कठिन हुन्छ’, उनले भनिन्, ‘यसमा आणविक हतियार नै पनि हुन सक्छ।’

उत्तर कोरियाको अनुगमन गर्ने वेबसाइट ‘३८ नर्थ’ ले नयाँ मिसाइल रसियाली एसएस–२६ इस्कन्दर मिसाइलजस्तै रहेको जनाएको छ। उसले ती मिसाइलले अमेरिकी मिसाइल प्रतिरक्षा प्रणाली थाड (टिएचएएडी) र प्याट्रिअटले सुरक्षा दिने भूभागबाहेकका ठाउँमा प्रहार गर्न सक्ने बताएको छ।

उत्तर कोरियाली मिसाइल आक्रमणबाट जोगाउन अमेरिकाले दक्षिण कोरियाका विभिन्न ठाउँमा प्याट्रिअट र थाड मिसाइल प्रतिरक्षा प्रणाली राखेको छ।

शनिबार परीक्षण गरिएका मिसाइल ट्रान्सपोर्टर इरेक्टर लन्चर (टिइएल) बाट प्रक्षेपण गरिएको थियो। लन्चर गुडाउन मिल्ने वाहन थियो। बिहीबारको परीक्षण भने ट्र्याक्ड भेहिकलबाट गरिएको थियो।

यतिमात्र नभएर यी मिसाइलमा ठोस इन्धन प्रयोग गरिएको थियो। ठोस इन्धन प्रयोग हुने शस्त्र ओसारपसार गर्न सजिलो हुन्छ। यसका साथै तरल इन्धन प्रयोग  हुने मिसाइलभन्दा छिटो प्रहार गर्न सकिन्छ।

यी नयाँ मिसाइलबारे पूर्वानुमान गर्न गर्न कठिन हुने ह्यान्हम बताउँछिन्। ‘उत्तर कोरियाले आइसिबिएम नै हान्न लागे त्यो आणविक हतियार हो भनेर सबैले तत्काल थाहा पाउँछन्’, उनी भन्छिन्, ‘तर यस्ता ससाना मिसाइलबारे थाहा पाउनै कठिन हुन्छ र प्रतिरक्षाको तयारी गर्न पनि गाह्रो हुन्छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.