विद्यार्थी कोच्ने स्कुल बसलाई कारबाही

विद्यार्थी कोच्ने स्कुल बसलाई कारबाही

भैरहवा : प्रचण्ड गर्मीमा विद्यार्थीहरुलाई पशुझैं कोचेर विद्यालय लैजाने बसलाई रुपन्देही प्रहरीले कारबाही गर्न थालेको छ। अभिभावकको गुनासो र प्रहरी–सामुदाय साझेदारी कार्यक्रम अन्तर्गत क्षमता भन्दाबढी विद्यार्थी बोक्ने बसलाई प्रहरीले कारबाही गर्न थालेको हो।

बिहीबार प्रहरीले जिल्लाभरीका  स्कुल बस चेकजाँच गरेको छ। क्षमता भन्दाबढी विद्यार्थी बोक्ने बसलाई पहिलो पटक अन्तिम चेतावनी समेत दिएर छाडेका छ। तर, अटेर विद्यालयका संचालकले प्रहरीको चेतावनीलाई बेवास्ता गर्दै शुक्रबार पनि क्षमता भन्दा बढी विद्यार्थीहरुलाई पशुझैं बसमा कोचेपछि प्रहरी आक्रमक बनेको हो। 

क्षमता भन्दाबढी विद्यार्थी बोक्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर यातायात नियमावली अनुसार कारबाही गर्दै क्षमता अनुसार मिलान गरेर विद्याथीलाई अर्को बसमा विद्यालय पठाएको छ। चेकजाँचमा क्षमताभन्दा बढी विद्यार्थी बोक्ने ७ वटा विद्यालयका १० वटा बस कारबाहीमा परेकोरुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार ९८ वटा स्कुले बसलाई शुक्रबार पहिलो पटक अन्तिम चेतावनी दिइएको छ। यदि यी बसहरुले भोलीका दिनमा चेतावनीलाई बेवास्ता गरे कारवाही हुने प्रहरीले जनाएको छ। 

‘कलिला बालबालिकालाई पशुझैं बसमा कोचेर विद्यालय पु¥याउने गरेको गुनासो र जानकारी प्राप्त भएपछि हामीले कारवाहीको अभियान थालनी गरेका हौँ’ डिएसपी भण्डारीले अन्नपूर्ण पोस्ट्सगँ भने,‘पहिलो पटकको लागि छाडेका छौँ/हौँ, नमाने यसमा छुट हुँदैन, कारबाही समेत सुरु गरिसकेका छौँ।’ 

ट्राफिक नियमको उल्लंघन गरेर क्षमता भन्दाबढी विद्यार्थी बोक्दा ठूलो दुर्घटनाले कयौँ कलिला विद्यार्थीको ज्यान जानसक्ने हुदाँ ट्राफिक नियममा रहेर विद्यार्थी बोक्न लगाएको उनले बताए।
प्रहरी कारबाहीमा सबैभन्दा बढी बुटवल क्षेत्रस्थिती प्यारामाउण्ट बोर्डिङ्ग स्कूलको ४ वटा बस परेको छन्। यस विद्यालयको बसले क्षमता भन्दाबढी विद्यार्थी बोकेको थियो। यस विद्यालयको ना ८ ख २७४६ नम्बरको ५७ सिट क्षमता भएको बसमा एक सय ५ जना विद्यार्थी जबरजस्ती कोचेर राखेको थियो। 

प्रहरीले विहीबार यही नम्बरको बसलाई अन्तिम चेतावनी दिदै पुन क्षमता भन्दा बढी विद्यार्थी नबोक्नु भन्दै छाडेको थियो। तर, विद्यालय प्रशासनले चेतावनीलाई अटेर गर्दै पुन क्षमता भन्दा बढी विद्यार्थी बोकाउँदा शुक्रवार कारवाहीमा परेको छ। त्यस्तै यही विद्यालयको लु १ क ३२११  नम्बरको ५७ सिट क्षमता भएको बसमा ८८ जना, लु १ क ११२८ नम्बरको ३६ सिट क्षमता भएको बसमा ७० जना, लु १ क १९४४ नम्बरको ३६ सिट क्षमता भएको बसमा ६० जना विद्यार्थी राखेकोमा प्रहरी कारबाहीमा परेको छ।

त्यस्तै भैरहवाको वृहस्पती कलेजको लु १ क ४०६ नम्बरको ३० सिट क्षमता भएको बसमा ४५ जना, न्यू ईरा बोर्डिङ्ग स्कूलको लु १ क ७७८ नम्बरको ३० सिट क्षमता भएको बसमा ४० जना, सिद्धार्थ मेमोरियल स्कूलको लु १ क ४८९४ नम्बरको ४२ सिट क्षमता भएको बसमा ९८ जना, ग्यालेक्सी ईङ्गलिस बोर्डिङ्ग स्कूलको लु १ ख ७०२९ नम्बरको ४२ सिट क्षमता भएको बसमा ८८ जना, युनिक होम्स ईङ्गलिस स्कूलको ना २ च ३८९४ नम्बरको ७ जना सिट क्षमता भएको भ्यानमा २५ जना र कान्ति माध्यामिक विद्यालयको लु १ क १८१८ नम्बरको ४२ सिट क्षमता भएको बसमा १ सय २ जना विद्यार्थी राखेको पाइएको छ। 

कान्ति मा.विको बसलाई पनि प्रहरीले बिहिवार चेकजाँच अन्तिम चेतावनी दिएर छाडेको थियो। तर, प्रहरीको चेतावनी नमान्दा शुक्रबार कारबाहीमा परेको छ। प्रहरीको कारवाही एक दिन मात्र नभई समय समयमा छड्के चेकजाँच गरिरहनुपर्ने र कारवाही अभियान स्वागतयोग्य रहेको भैरहवाका सितल जिटीले बताए। 

‘विद्यालयको बसको सिटमा बसेको बच्चामाथि जबरजस्ती बच्चा बसालेर लग्ने गरेका छन्’ उनले भने,‘स–साना विद्यार्थीहरुलाई यसरी लैजाँदा उनीहरुको मस्तिष्कमा समेत असर पर्छ जसलाई विद्यालयले ध्यान दिएको पाइएको छैन। यसमा प्रहरीको यो अभियान निकै सराहनिय छ क्षमता भन्दा बढी विद्यार्थी बोक्ने बसलाई झन् कठोर कारबाही हुनुपर्छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.