'प्रधानमन्त्री र म आफैंले हस्तक्षेप गरेर पनि मेलम्ची ल्याउँछौं'

'प्रधानमन्त्री र म आफैंले हस्तक्षेप गरेर पनि मेलम्ची ल्याउँछौं'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भएपनि मेलम्ची ल्याउने बताएका छन्।

राजधानीको वसन्तपुरमा खड्गी समाजद्वारा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले  वैकल्पिक माध्यमबाट मेलम्चीको पानीलाई काठमाडौं ल्याउने बताएका हुन्।

‘प्रधानमन्त्री र म आफैंले हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी लिएर आउनुपर्छ भन्नेमा दृढ छौं’ उनले भने,‘मेलम्ची छिट्टै ल्याउँदा त्यसको प्रभावलाई ख्याल गर्दा प्रधानमन्त्री र मन्त्रीले देखाउनुभएको तत्परतामा पनि कुनै शंका छैन, मैले विगतको सबै अनुभवहरुलाई र्हेदा बलियो हात नचलाईकन र सरकारले दह्रो कदम नचालीकन अझै पनि कठिन छ।’

सबैले सबैको अस्तित्व स्वीकार गरेपछि मात्र राष्ट्रिय एकता मजबुत र राष्ट्रिय स्वाधिनता सुदृढ हुने समेत उनले बताएका छन्। ‘एउटा जाति, एउटा भाषाले अरू जाति र भाषालाई अपमान गर्ने, विभेद तथा अन्याय गर्ने थितिको अन्त्य गरेर राष्ट्रिय एकता मजबुत हुन्छ’ उनले भने।

सबैले आ–आफनो भाषाको, संस्कृति र परम्पराको जगेर्ना गर्ने र त्यसका राम्रा पक्षलाई अघि बढाउँदा सबै समुदायको उत्थान हुने धारणा प्रचण्डले राखे। कार्यक्रममा उनले सबै भाषा र संस्कृतिको सम्मानका लागि गरिएका संघर्षहरूमा खड्गी समाजले पुर्‍याएको योगदानको पनि चर्चा गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.