फेरिएको धरान रंगशाला

फेरिएको धरान रंगशाला

धरान : बाँसको प्यारापिट निर्माण गरी खेलकुद प्रतियोगिता सञ्चालन हुने धरान रंगशालाको मुहार अहिले फेरिएको छ। भीआईपीसहित ६ हजार दर्शक क्षमताको तीनवटा प्यारापिटसँगै खेलमैदान निर्माणको काम सम्पन्न भएपछि रंगशालाको मुहार फेरिएको हो। सुविधासम्पन्न रंगशाला निर्माणसँगै यहाँ अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनमा सहज हुने भएको छ।

पूर्व—पश्चिम फैलिएको धरान रंगशालाको डिजाइन परिवर्तन गरी उत्तर–दक्षिणतर्फ फर्काएर २०७१ सालदेखि पुनर्निर्माण कार्य थालिएको थियो। सरकारले सुनसरीमा क्षेत्रीय स्तरको रंगशाला निर्माण गर्ने घोषणा गरी रकम विनियोजन गरेपछि क्षेत्रीय रंगशाला निर्माणका विषयमा इटहरी र धरानवाबीच विवाद बढेको थियो। विवादका कारण सरकारले दुवै स्थानमा रंगशाला निर्माणका लागि रकम भागबन्डा लगाइएपछि धरान रंगशाला निर्माणको काममा ढिलाइ भएको हो।

सरकारले धरानलाई भन्दा बढी रकम इटहरीलाई विनियोजन गरेपछि धरान रंगशालाको निर्माणमा ढिलाइ भएको धरानवासीको गुनासो छ। धरान उपमहानगरपालिका— १६ स्थित ६ कठ्ठा १७ धुर सरकारी जमिनमा पुनर्निर्माण थालिएको रंगशालामा सुविधासम्पन्न प्यारापिट र सुविधा सम्पन्न कभर्डहलको निर्माण भएको छ। नेपाल सरकारले बर्सेनि क्रमगत रूपमा विनियोजन गरेको रकमबाट पुनर्निर्माणको काम सुरुआत गरी रंगशालालाई बनाइएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कुमार पोखरेलले बताए। उनले २०७१ सादेखि पुनर्निर्माण थालिएको धरान रंगशालामा हालसम्म आठ करोड रुपैयाँ खर्च गरिएको जानकारी दिए।

रंगशालाको पश्चिमपिट्ट भीआईपी र पूर्वपट्टिको भागमा सुविधासम्पन्न प्यारापिट निर्माण गरिएको छ। रंगशालाको उत्तरपट्टि नेचुरल प्यारापिट निर्माण गरिएको छ। रंगशालामा एक सय पाँच मिटर लम्बाइ र ६८ मिटर चौडाइको फुटबल मैदान तयार गरिएको छ। फुटबल मैदानको चारैतिर तारबारले छेकबार गरी दूबो रोपेपछि रंगशालाको सौन्र्दय थप आर्कषण बनेको छ।

धरान रंगशालाको पुनर्निर्माण अन्तिम चरणमा पुगेसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्न सहज भएको एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले बताए। उनले राखेपले धरानलाई बजेट विनियोजनमा कम प्राथमिकतामा राखेका कारण रंगशालाको निर्माण कार्यमा ढिलाइ भएको पनि बताए। धरान रंगशालामा मोफसलको चर्चित बूढासुब्बा गोल्डकपलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.