भियतनामी उद्यमीलाई नेपालमा लगानी गर्न आह्‍वान

भियतनामी उद्यमीलाई नेपालमा लगानी गर्न आह्‍वान

भियतनाम : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान नेपाल आफ्नो स्रोत, क्षमता र सम्भावनाबारे विश्वस्त भएको र नेपाली जनता घरेलु प्रयास तथा अन्तर्राष्ट्रिय सहयोगमा यसलाई समृद्ध बनाउन दृढ भएको बताएका छन्। भियताम–नेपाल व्यवसाय मञ्चलाई शुक्रबार सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनलाई बलियो बनाएपछि नेपाल आर्थिक विकासको चरणमा प्रवेश गरेको बताए।

प्रधानमन्त्री ओलीले नेपाल तथा भियतनामबीच अहस्तक्षेप तथा आपसी सम्मानका सिद्धान्तका आधारमा सम्बन्ध गाँसिएकाले सामाजिक, सांस्कृतिक तथा धार्मिक सम्बन्ध बलियो भएको र आर्थिक सम्बन्ध सबलीकरण गर्ने ठूलो सम्भावना भएको स्पष्ट पारे। उनले भियतनामको व्यापारिक समुदाय उत्कृष्ट रहेको र उनीहरूको ऊर्जाले नेपाललाई अभिप्रेरणा दिएको पनि उल्लेख गरे।

‘भियतनाममा डोइ–मोइ सुधार आरम्भ भएपछि ठूलो आर्थिक सुधार भएको छ। युद्ध प्रभावित कृषि अर्थतन्त्रबाट व्यावसायिक मध्यम आययुक्त मुलुक बन्ने भियतनामको संकल्पले नेपाललाई अभिप्रेरित गरिरहेको छ। यो उदाउँदो अर्थतन्त्रमा चम्किलो ताराका रूपमा देखिएको छ’, उनले भने। भियतनामको आर्थिक वृद्धि समावेशी हुनाका साथै दिगो विकास प्राप्त गर्न नमूना रहेको उनको भनाइ छ। ‘यी कुरा भियतनाम सरकार तथा व्यापारिक क्षेत्रको नेतृत्व तथा जनताको कठिन मेहनतबाट सम्भव भएको हो’, उनले थपे।

प्रधानमन्त्री ओलीले नेपालले पनि अतिकम विकसित मुलुकबाट सकेसम्म छिटो अगाडि बढी मध्यम आययुक्त मुलुक बन्ने र सन् २०३० सम्म दिगो विकासका लक्ष्य प्राप्त गर्ने दृष्टिकोण राखेको बताए। ‘दृष्टिकोण सन् २१००’ नामले नेपाल सरकारले विकासको अवधारणा तयार गरिहेको छ। यो सपना प्राप्त गर्न आधारभूत संरचना, मानव संशाधन तथा वित्तीय क्षेत्रमा ठूलो लगानी आवश्यक पर्छ’, ओलीले भने।

व्यापार तथा लगानी प्रवद्र्धनका लागि नेपाल भियतनाम संरचना सम्झौताको समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ। उनले दुई मुलुकबीच आर्थिक सहयोगलाई अगाडि बढाउने र व्यापारिक समुदायमा क्रियाकलाप बढाउने बताउँदै भियतनामका लगानीकर्ता, उद्यमी तथा व्यापारीलाई नेपालमा उपलब्ध अवसरको अधिकतम उपयोग गर्न आह्वान गरे।रासस‘दृष्टिकोण सन् २१००’ नामले नेपाल सरकारले विकासको अवधारणा तयार गरिहेको छ। यो सपना प्राप्त गर्न आधारभूत संरचना, मानव संशाधन तथा वित्तीय क्षेत्रमा ठूलो लगानी आवश्यक पर्छ’, ओलीले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.