सुत्केरी अवस्थामा फिस्टुलाको जोखिम

सुत्केरी अवस्थामा फिस्टुलाको जोखिम

बच्चा जन्माउँदै हुनुहुन्छहो, सुत्केरी व्यथा लाग्न थाल्यो भने स्वास्थ्य संस्था पुग्न ढिलाइ नगर्नुहोस्। लामो समय व्यथा लाग्यो भने शरीरका संवदेनशील अंगमा रहेका तन्तु कुहिएर प्वाल पर्छन्। फिस्टुलाले पिरोल्न सक्छ।

प्रसव व्यथा लामो समयसम्म भइरहे महिलाको यौनांग, पिसाब थैली एवं मलाशयका तन्तु थिचिन पुग्छन्। शिशुको टाउकोले थिचिँदा ती तन्तुमा रक्तसञ्चार अवरुद्ध हुन पुग्छन्। तन्तु सड्न थाल्छन्। तन्तु कुहिँदा प्वाल पर्न सक्छ। त्यही प्वालबाट दिसा÷पिसाब अनियन्त्रित रूपमा बाहिर निस्कन्छ।

महिलाको शरीरको भित्री अंगमा तन्तुहरू कुहिएर प्वाल पर्ने समस्या नै फिस्टुला भएको डा. गौतमको भनाइ छ। ‘प्रसव व्यथाका लामो समयसम्म रहेको अवस्थामा जटिलता भएर फिस्टुला हुन्छ। व्यथा लाग्नेबित्तिकै स्वास्थ्य संस्था लैजाने हो भने जोखिम हुँदैन’, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशकसमेत रहेका डा. गौतमले भने।

किन हुन्छ फिस्टुला ?

प्रसव व्यथा भएको अवस्थामा शिशुको टाउकाले आमाको योनीमार्ग, पिसाब थैली र मलाशयलाई समेत थिच्न पुग्छ। ‘गर्भमा शिशु बसेको हुन्छ। व्यथा लागेको अवस्थामा शिशुको टाउकोले यौनांग वरिपरिको तन्तुलाई दबाब दिन्छ। यौनांगअगाडि रहेको पिसाबको थैली र यौनांगबीचको तन्तुलाई समेत थिच्छ। लामो समय तन्तु थिचिँदा सड्न पुग्छ। कुहिन्छ। त्यसपछि प्वाल पर्छ। यसलाई नै फिस्टुला भनिन्छ। पिसाबको थैलीबाट पिसाब यौनांगतिर चुहिन सक्छ। यस्तो अवस्थालाई भेसाइको भेजाइनल फिस्टुला भनिन्छ। यसलाई पिसाब चुहिने फिस्टुला भनिन्छ।

त्यस्तै यौनांगबाट दिसाको थैलीमा समेत दबाब पुग्छ। त्यहाँ पनि तन्तु कुहिएर प्वाल परेको अवस्थामा यौनांगबाट दिसा चुहिन्छ। यसरी यौनांगबाट दिसा चुहिने अवस्थालाई रेक्टोभेजाइनल फिस्टुला भनिन्छ। नेपालमा पिसाब चुहिने फिस्टुलाबाट पीडित हुनेहरू बढी छन्। ‘लामो समयसम्म प्रसव व्यथा लाग्दा पनि उपचार नपाएको अवस्थामा फिस्टुलाले सताउँछ’, डा. गौतमको भने। प्राकृतिक रूपले बच्चा जन्मेको अवस्थामा फिस्टुला हुने डर हुँदैन। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार विश्वमा प्रतिएक हजार महिला प्रसव हुँदा तीन जनामा यो समस्या देखिन्छ।

संयुक्त राष्ट्र संघीय जनसंख्या कोष, नेपालको एक अध्ययनअनुसारमा नेपालमा हरेक वर्ष दुई सयदेखि चार सय महिलामा यो समस्या पाइने गरेको छ।

संयुक्त राष्ट्र संघीय जनसंख्या कोष, नेपालको एक अध्ययनअनुसारमा नेपालमा हरेक वर्ष दुई सयदेखि चार सय महिलामा यो समस्या पाइने गरेको छ। नेपालमा पाँच हजारदेखि १० हजारसम्म फिस्टुलाका बिरामी भएको प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरू अनुमान गर्छन्। सानै उमेरमा विवाह गर्ने, कुपोषण, सुत्केरी हुँदा देखापर्ने जटिलता र गर्भावस्थाको स्याहारबारे जनचेतनाको अभावका कारण महिलामा प्रसव फिस्टुलाको समस्या देखिएको डा. गौतमको तर्क छ। नेपालमा प्रसवका बेला ढीलो भई फिस्टुला भइसकेपछि मात्र अस्पताल आउनेहरू छन्। चिकित्सकले प्राथमिक उपचार गरे पनि सडेको तन्तु पुनर्जीवित गराउन सकिँदैन।

कारणहरू

लामो समय व्यथा लाग्ने

गर्भावस्थामा स्याहारको कमी

शिशु उल्टो /तेर्सो हुने

शिशु निस्कने बाटो साँघुरो

शिशुको आकार ठुलो हुने

फिस्टुलाबाट जोगाउनु भनेकै समयमा सुरक्षित रूपमा सुत्केरी गराउने हो। व्यथा लागेको १० घण्टाभित्र सुत्केरी गराइसक्नुपर्छ। प्राकृतिक रूपमा शिशु निस्कन नसकेमा शल्यक्रिया गरेर भए पनि बाहिर निकाल्नुपर्छ। शल्यक्रिया गर्दा प्रयोग गरिने औजारका कारण पनि फिस्टुला हुन सक्छ। त्यसैले चिकित्सक एवं स्वास्थ्य संस्थामा गई समयमै डेलिभरी गराउनुपर्ने डा. गौतमको सुझाव छ।

निःशुल्क उपचार

धेरै महिलाहरूलाई पर्याप्त जानकारी र प्रसव व्यथापछिको स्वास्थ्य समस्याबारे जानकारी नभएको अधिवक्ता रोशना प्रधान बताउँछिन्। ‘सूचना र उपचारमा पहुँच नहुँदा महिलाहरू रोग निम्त्याउन बाध्य छन्’, उनले भनिन्।

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिअन्तर्गतको नेपालको छैटौं आवधिक प्रतिवेदन उपर निष्कर्ष टिप्पणीमा पनि प्रजनन स्वास्थ्य सेवा तथा सूचनामा महिलाको पहुँच पर्याप्त नभएको उल्लेख छ। दुर्गम क्षेत्रमा महिलालाई उच्च गुणस्तरीय प्रजनन स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्न उपाय अपनाउने र पर्याप्त स्रोत वितरण गर्न संयुक्त राष्ट्रसंघीय महिलाविरुद्ध भेदभाव उन्मूलन गर्ने समितिले सिफारिस गरेको छ।

अहिले काठमाडौंको मोडल अस्पताल, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेतको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा फिस्टुलाको निःशुल्क उपचार भइरहेको छ। त्यस्तै दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, ०७५ लाई सरकारले स्वीकृत गरेको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गर्भवतीलाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा सेवा प्रदान गरिने भएको छ। यसका लागि सातै वटा प्रदेशमा १३ वटा सरकारी अस्पताललाई तोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.