हृदयाघातबाट जोगिन के गर्ने ?

हृदयाघातबाट जोगिन के गर्ने ?

  • डा. रजनीश कपुर 

​​आम रूपमा हृदयाघात भनिने एक्युट मायोकार्डियल इन्फ्र्याक्सन जीवनलाई जोखिममा पार्ने अवस्था हो। यो जोखिमपूर्ण अवस्थामा मुटुको धड्कन पूरा वा आंशिक रूपमा रोकिन्छ। सामान्यतया मुटुमा रक्तप्रवाह गर्ने धमनीहरूमा हुने अवरोधलाई नै यसको मुख्य कारण मानिन्छ। धमनीहरूमा रोकावट भएको अवस्थामा स्टेन्ट र औषधिको प्रयोग गरी उपचार गरिन्छ।

यसै विषयमा मैले गरेको एक अध्ययनअनुसार चार प्रतिशत मामिलामा कोरोनरी धमनीहरूमा कुनै प्रकारको अवरोध नभएको पाइयो। यसकारण, यस्ता मुटुरोगीको उपचारमा स्टेन्टको प्रयोग गर्नुपर्दैन। यसका साथै जीवनभर सेवन गर्नुपर्ने औषधिहरू लिनु नपर्ने पनि देखियो।

एक हजार २५ जना हृदयाघात पीडितहरूको रेकर्ड छनोट गरी मैले एक अध्ययन गरेको थिएँ। सन् २०१६ देखि सन् २०१८ सम्म गरिएको उक्त अध्ययनमा ७६ प्रतिशत पुरुष थिए। बाँकी २४ प्रतिशत मात्र महिला थिए, जसमध्ये ३४ प्रतिशत ४० वर्षमुनिका थिए। त्यस्तै दुई प्रतिशत मात्र ३० वर्षभन्दा कम उमेरका थिए। जनसांख्यिकीय आधारमा हेर्दा अध्ययनमा समावेश मुटुरोगीमध्ये ५ प्रतिशत नेपाली, ९२ प्रतिशत भारतीय र ३१ प्रतिशत साउदी अरेबियाली, बंगलादेशी र श्रीलंकाली थिए।

अध्ययन गरिएका मुटुरोगीलाई ओसीटी नाम अत्याधुनिक डायग्नोस्टिक प्रविधिद्वारा उपचार गरिएको थियो। यो प्रविधि रोगीहरूको उपचार गर्न उपयोग गरिन्छ। अध्ययनमा समेटिएकामध्ये ४ प्रतिशत हृदयाघात पीडितहरूका धमनीहरूमा कुनै प्रकारको अवरोध भएको थिएन। यस्तो अवस्थालाई मायोकार्डियल इन्फ्राक्सन विथ नन अब्सट्रक्टिभ कोरोनरी आर्टरिज भनिन्छ।

मुटुका बिरामीको एन्जिओग्राफी गरिन्छ। प्रायः एन्जिओग्राफी गर्दा धमनीहरूमा अवरोध नदेखिएको खण्डमा बिरामीलाई थप उपचार नगरी घर पठाइन्छ। यसले गर्दा बिरामीको समस्याको पूर्ण पहिचान हुन पाउँदैन। जसका कारण उनीहरूको उपचार हुन पाउँदैन। जोखिम बढ्ने गर्छ।

मुटुरोगबाट जोगिन जीवनशैलीलाई व्यवस्थित गर्नुपर्छ। उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रणमा राख्नुपर्छ। दैनिक व्यायाम गर्नु उपयुक्त हुन्छ। दैनिक ४० मिनेट हिँडडुल गर्दा मुटु स्वस्थ राख्न सहयोग पुग्छ। खानपानमा हेरविचार गर्नुपर्छ। तनाव व्यवस्थापन गर्न योगा गर्न सकिन्छ। परिवारसँग घुमफिर गर्दा पनि तनाव व्यवस्थापन गर्न सकिन्छ। समयको व्यवस्थापन गर्दै जीवनशैलीलाई स्वस्थ्य बनाउनु आवश्यक छ।

(इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा. कपुरले गत साता काठमाडौंमा आयोजित एक कार्यक्रममा व्यक्त विचार )


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.