गाउँपालिका कार्यालयबाटै फाइल गायब : टेन्डरका सबै प्रक्रिया रद्ध

गाउँपालिका कार्यालयबाटै फाइल गायब : टेन्डरका सबै प्रक्रिया रद्ध

सिन्धुली : फिक्कल गाउँपालिका–३ चनौटेमा स्वास्थ्यचौकि भवन निर्माणका लागि गरिएकोे टेन्डर प्रक्रिया रद्ध भएको छ। कार्यालयबाटै गत साता सबै कागजात गायब भएपछि टेन्डरका सबै प्रक्रिया रद्ध भएको गाउँपालिकाले जनाएको हो। 

गत फागुन–२ गते गाउँपालिकाले आह्वान गरेको सूचनाका आधारमा परेका टेन्डर नियम विपरित दोस्रो निर्माण कम्पनीलाई टेन्डर दिएपछि गाउँपालिकाबाट कर्मचारी र जनप्रतिनीधिकै मिलेमतामा टेन्डरका सूचनादेखि फाइल सदरसम्मका सबै कागजात गायब गरियो। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रिजालले फाइलनै गायब भएपछि गाउँपालिकाले एक सर्वजनिक सूचना प्रकाशन गर्दै सबै प्रकृया रद्ध गरेको जानकारी दिए। 

‘टेन्डर प्रक्रियामा न्यून रकम कबोल गर्ने श्रीकृष्ण दाहाल जेभीसँग निर्माण कार्य सम्पन्न गर्ने आधार माग गर्दै सम्झौताका लागि पत्र पठाएका थियौं’, उनले भने,‘तर उक्त कम्पनीले काम गर्न नसक्ने पत्र गाउँपालिका कार्यालयलाई पठाएपछि दोस्रो रकम कबोल गर्ने सिद्धकाली निर्माण सेवालाई निर्माणमा जिम्मा दिनेबेला फाइल गायब भएपछि टेन्डरका प्रक्रिया रद्ध गरिएको हो।’

वडा–३ चनौटेमा ७९ लाख २६ हजार रुपैयाँ लागतमा स्वास्थ्य चौकी भवन बनाउन गाउँपालिकाले फागुन २ मा टेन्डर खोलेको थियो। जसमा १२ निर्माण कम्पनीले आवेदन दिएका थिए। त्यसमध्ये श्रीकृष्ण दाहाल जेभी र सिद्धकाली निर्माण सेवाले न्यून रकम कबोल गरेका थिए।

सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ अनुसार उक्त कम्पनीलाई कारबाही र धरौटी जफत गर्दै सिद्धकालीलाई सम्झौताका लागि आसयपत्र प्रकाशन गरिएको थियो। उक्त कम्पनीले ५१ लाख रुपैयाँमा काम सम्पन्न गर्ने कबोल गरि भवनको निर्माण प्रक्रिया समेत थालिसकेको अवस्थामा फाइल गायब भएको छ। 

‘सम्झौताको सम्पूर्ण काम सकी कार्यादेश लिने तयारी गर्दा कार्यालयमा कागजात फेला परेन’, रिजालले भने, ‘टेन्डर त नियमअनुसार भएको हो तर कागजपत्र कसरी हरायो भन्ने विषयमा छानविन भई रहेकोले त्यसको पत्तो नलागेसम्म टेन्डरको सबै प्रकृया रद्ध गर्नु परेको हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.