विद्यालयको शिक्षाले नै मलाई यो स्थान दियो : देउवा

विद्यालयको शिक्षाले नै मलाई यो स्थान दियो : देउवा

धनगढी : नेपाली कांगे्रसका सभापति शेरबहादुर दउवाले आफू पढेको सीताराम माध्यामिक विद्यालयको ६०औं वार्षिक उत्सव समारोहमा पुगेका छन‍्। देउवाले शनिबार धनगढीमा आयोजित कार्यक्रमा पुगेर विद्यालयको शिक्षाले नै आफूलाई यो स्थानमा पुर्‍याएको बताए। 

देउवाले ढोटीस्थित सीताराम विद्यालयबाट २०१९ सालमा एसएलसी पास गरेका थिए। ‘मैले सीताराम विद्यालयबाट एसएलसी दिएको हुँ’, उनले भने,‘रामाश्रममा रहेको छात्रावासमा म आफै दाउरा जाने, खाना पकाउने काम गर्थे‌ं।’ 

विद्यालयका गुरुहरुको मेहनत र परिश्रमले गर्दा धेरै व्यक्तिलाई उच्च स्थानमा पुगेको समेत देउवाले प्रस्ट पारे। ‘डोटीको सुन्दर ठाउँ रामाश्रम क्षेत्रमा आफ्नो बाल्यकाल बिताउन पाउँदा मलाई गौरब लाग्छ’, उनले भने। 

धनगढीमा आयोजित सीताराम माध्यामिक विद्यालयको हीरक महोत्सवको अवसरमा आयोजित कार्यत्रलममा देउवाले सुदूरपश्मिको विकासका लागि आफु गृहमन्त्री हुँदादेखि नै सक्रिय भएको बताए।

‘मलाई मुलुकको ४ पटक प्रधानमन्त्री हुने अवसर सुदूरपश्चिम वासीले दिए’, उनले भने,‘सुदूरपश्चिमको विकासका लागि प्रधानमन्त्री भए पनि नभए पनि लागि रहने छु।’ सुदूरपश्चिम भारतको बाटो भएर आउनु पर्थे त्यसको अन्त्य गर्ने व्यक्तिनै आफु भएको देउवाले बताए। उनले विकास भन्ने कुरा सजिलो नभएको समेत धारणा व्यक्त गरे।

कार्यक्रममा पुर्व मन्त्री तथा नेकपाका नेता लेखराज भट्टले पनि आफुले अध्ययन गरेको शिक्षाले गर्दा नै यहाँसम्म आउने सहयोग पुगेको बताए। उनले संस्कृति संरक्षणका लागि शिक्षा एक महत्वपूर्ण पाटो भएको बताए । यस्तै नेपाली कांग्रेसकी नेत्री डाक्टर आरजु राणा देउवाले समाज परिसर्वतनका लागि शिक्षा महत्वपूर्ण हतियार भएको धारणा व्यक्त गरिन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.