सार्वजनिक कार्यक्रम चलाउने ‘फूलमाया’ रोबर्ट

सार्वजनिक कार्यक्रम चलाउने ‘फूलमाया’ रोबर्ट

काठमाडौं : नेपालमै निर्मित मानव यन्त्र(रोबर्ट) ले पहिलो पटक सार्वजनिक कार्यक्रम चलाएको छ। कीर्तिपुरमा शनिबारदेखि सुरु भएको विज्ञान संग्रहालय तथा त्रिआयाम थियटरको उद्घाटन कार्यक्रमलाई रोबर्टले चलाएको हो।

वीपी कोइराला मेमोरियल प्लानेटोरी तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले संग्रहालय सञ्चालनमा ल्याएको छ। यो समिति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सञ्चालित छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले उद्घाटन गरेको यो कार्यक्रम अवधिभर रोर्बर्टले नै सञ्चालन गरेको थियो।

कार्यक्रम सञ्चालनमा कुनै पनि व्यक्ति संलग्न भएनन्। यो यन्त्रलाई समितिको विशेष अनुरोधमा पाइला टेक्नोलोजी नामको संस्थाले बनाएको हो। यो रोबर्ट बनाउँदा करिब दश लाख रुपैंया खर्च भएको छ। आम मानिसका लागि समेत खुल्ला गरिएको विज्ञान संग्रहालय अवलोकन गर्न जानेलाई अबदेखि यही रोबर्टले स्वागत गर्नेछ।

संग्रहालयमा रहेका उपकरण तथा प्रविधिको ब्याख्या पनि रोबर्टले नै गर्नेछ।‘अवलोकन गर्न आउने सबै व्यक्तिलाई एउटै रोबर्टले ब्याख्या गर्न नसक्ने अवस्था आएमा अन्य कर्मचारीले पनि सघाउने छन्’ समितिका निमित्त कार्यकारी निर्देशक डा. शनतकुमार शर्माले भने,‘नेपालमै निर्माण गरिएको हुनाले यसलाई विज्ञान र प्रविधीको क्षेत्रमा ठूलो उपलब्धि मान्नुपर्छ।’

पाइला टेक्नोलोजीका प्रमुख कार्यकारी निर्देशक विनय राउतले कार्यक्रम नै सञ्चालन गर्न सक्नेगरि बनाइएको रोबर्ट नेपालको लागि ठूलो उपलब्धि भएको बताए। उक्त रोबर्टलाई फूल माया नाम दिइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.