कैलालीमा औलोको जोखिम

कैलालीमा औलोको जोखिम

टीकापुर  ः कैलालीमा आयातीत औलोबाट संक्रमित हुने विरामीको संख्या वर्षेनी बढ्दै गएको छ। कामको खोजीमा छिमेकी मुलुक भारत जाने नेपालीहरुमा औलो देखिने क्रम बढेसँगै आयातीत औलोबाट संक्रमित विरामीको संख्या बढ्दै गएको हो। 

स्वास्थ्य सेवावि भाग स्वास्थ्य व्यवस्थापन सुचना प्रणालीको (एचएमआईएफ) तथ्यांक अनुसार कैलालीमा आर्थिक वर्ष २०७१÷७२ मा २ सय ६८, २०७२÷०७३मा २ सय, २०७३÷०७४ मा २ शय ७१ र ०७४÷०७५ को हालसम्ममा २ शय ८ जना विरामीमाऔलो फेला परेको हुन्। 

फेला परेकाकुल संक्रमितमध्ये आर्थिक वर्ष २०७१/७२ मा १ सय ६७, २०७२÷०७३ मा १ सय २३, २०७३/७४ मा १ सय ७० र २०७४/०७५ को हालसम्ममा १ शय ३२ जना विरामीमा आयातित औलो देखिएको छ। भारतबाट काम गरेर फर्किएका नेपालीहरुमा आयातीत औलो फेला पर्ने गरेको छ।  एनोफिलिजजातको संक्रमितपोथी लामुखुट्टेको टोकाईबाट औलो रोग मानिसमा सर्ने गर्दछ। 

नेपालमा सन् २०२५ सम्मऔलो रोग निवारण गर्ने सरकारी लक्ष्य तोकिएको भए पनि वर्षेनी आयातित औलोका कारण पूरा हुनमुश्किल देखिएको छ । कैलालीमै बसोबास गर्ने भन्दाभारतबाट फर्केका मानिससँगै आउने आयातित औलोबाट संक्रमितहुने बिरामीको संख्या बढी छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले सन् २०१६ मा गरेको अध्ययन अनुसार कैलालीका टीकापुर नगरपालिका वडा नं ८ र ९, लम्की चुहा नगरपालिकाका वडा नम्बर, १, २, ४, ५, ६, ७, ८, ९ र १० औलो रोगको उच्चजोखिममा छन्।
त्यस्तै गोदावरी नगरपालिकाको वडा नम्बर ९ बाहेकका सबै वडाहरु, गौरीगंगा नगरपालिकाको वडा नम्बर ५ र जानकीगाउँपालिकाको वडा नं. १ र ६ औलो रोगको उच्च जोखिममा रहेको छ ।

आयातीतऔलो रोगको जोमिख बढेसँगै सुदूरपश्चिमप्रदेश सरकारले भारतबाट नेपालआउने टीकापुरको खक्रौला, धनगढीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीनाकामा हेल्थ डेक्स सञ्चालन गरेको छ। हेल्थडेक्समाभारतबाट आउनेहरुलाई स्वास्थ्य परामर्शदिने, शंकास्पदविरामीको चेकजाँचगर्ने र भित्रिने सरुवा रोगहरुको पहिचानगर्दैआएको टीकापुर नगरपालिकाका स्वास्थ्य संयोजकबलबहादुर रावलले बताए। 

‘भारतबाट सरुवा रोग नेपालमा नआओस् भन्नका लागि तीन नाकाहरुमा हेल्थ डेक्स सञ्चालनमा ल्याइएको छ’, रावलले भने, ‘स्वास्थ्यकर्मी खटाएर भारतबाट आउनेलाई स्वास्थ्य परामर्श दिने, चेकजाँचगर्ने र सरुवा रोग भएकाविरामीको पहिचानगर्ने कामभइरहेको छ ।’

रावलका अनुसार तीनाकाहरुमाविहान ६ बजेदेखि साँझ ६ बजेसम्म स्वास्थ्यकर्मी खटाएर चेकजाँचहुँदै आएको छ ।  औलो रोग नियन्त्रणका लागि सरकारले औलोको निःशूल्कउपचार गर्ने, प्रभावित क्षेत्रमा किटनाशक झुलवितरण गर्ने, औषधि छर्ने, खोजपड्तालगर्ने, जनचेतनाजगाउने र औलो प्रभावितको व्यवस्थिततथ्यांक संकलनगर्ने र संक्रमितव्यक्ति वरपरका मानिसहरुको स्वास्थ्यजाँचगर्ने कामगर्दै आएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.