जाजरकोट सदरमुकाम नजिकै जंगलमा आगलागी, दमकल नहुँदा बस्ती पस्‍ने डर

जाजरकोट सदरमुकाम नजिकै जंगलमा आगलागी, दमकल नहुँदा बस्ती पस्‍ने डर

जाजरकोट : केही बेर अघि जाजरकोट सदरमुकाम खलंगामा आगलागी भएको छ। भेरी नगरपालिका ४ स्थित भगवति सामुदायिक वनमा लागेको आगो बस्तीतिर पस्न थालेको छ।

नेपाली सेनाको ज्वालादल गणलाई जंगलतिरबाट लागेको आगोले घेरेको छ। त्यस्तै आगो सदरमुकामका शान्तिचौतारा, रानागाउँ र बोहरातर्फ जाने खतरा बढेपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा आगो निभाउन जुटिरहेका छन्।

तर अझै आगो नियन्त्रणमा आउन सकेको छैन। जिल्लामा दमकल नभएकाले समस्या परेको जिल्ला प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताए। स्यालाले आगो निभाउने काम भैरहेको छ तर हावा चलिरहेकोले समस्या भएको उनको भनाई छ। आगोले जंगल सखाप पारेको छ।

आगोलागी भएको क्षेत्रका स्थानिय बासिन्दालाई रातभर सचेत रहन प्रशासनले सचेत गराएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.