दोलखाबाट ५५६ मेगावाट बिजुली थपिँदै

दोलखाबाट ५५६ मेगावाट बिजुली थपिँदै

दोलखा : जिल्लामा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाबाट एक वर्षभित्र ५ सय ५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा थप हुने भएको छ। कुनै अवरोध नआए निर्माणाधीन सबै आयोजना एक वर्षभित्र पूरा भई यो विद्युत् राष्ट्रिय प्रसारणमा थप हुने देखिएको हो। निर्माणाधीन अवस्थाका सातवटा आयोजनाको ७२ देखि ९७ प्रतिशतसम्म काम पूरा भएको सम्बद्ध पक्षले जानकारी दिएको छ।

स्वदेशी लगानीको बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासहित निजी क्षेत्रबाट बनाइँदै गरेका आयोजनाको काम तीव्र गतिमा भइरहेको छ। ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना कात्तिकभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्य रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेको भनाइ छ।

निजी क्षेत्रको लगानीमा निर्माणाधीन ६ आयोजनाको एक सय मेगावाट पनि एक वर्षभित्र राष्ट्रिय प्रसारणलाइनमा जोडिने अवस्थामा पुगेको छ। निजी क्षेत्रबाट जिल्लामा निर्माणाधीन आयोजनामध्ये सबैभन्दा बढी भौतिक प्रगति भएको आयोजनामा गौरीशंकर गाउँपालिका–७, मार्बुमा निर्माणाधीन खानीखोला–१ जलविद्युत् आयोजना हो। ग्रिनलाइन इनर्जी कम्पनीले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको यो आयोजनाको हालसम्म ९५ प्रतिशत भौतिक प्रगति भएको छ। सिंगटी–लामोसाँघु १३२ केभीको प्रसारणलाइन समयमा नबन्दा ३ वर्षअघि नै पूरा गर्ने लक्ष्य रहेको आयोजनामा ढिला हुन पुगेको प्रवद्र्धकको भनाइ छ।

सिंगटीखोला हाइड्रो इनर्जी कम्पनीले निर्माण गरिरहेको २५ मेगावाट क्षमताको सिंगटीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य ८२ प्रतिशत सकिएको छ। योे आयोजनाले साउनदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजना प्रमुख मनोहरी सापकोटाले जानकारी दिए।

६ महिनामा उत्पादन लक्ष्य लिएर सोही वडामा निर्माणाधीन ५ मेगावाटको घट्टेखोला जलविद्युत् आयोजनाको प्रगति पनि ८० प्रतिशतभन्दा बढी पुगेको छ। युनिभर्सल पावर कम्पनीद्वारा गौरीशंकर गाउँपालिका ५ र ६ मा निर्माणाधीन ११ मेगावाटको तल्लो खारेखोलाको काम पनि ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। चालु आवमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको रामेछापको गोकुलगंगा गाउँपालिका–१, चुचुरे र दोलखाको जिरी नगरपालिका–१, श्यामामा निर्माणाधीन माथिल्लो खिम्तीखोला १ र २ को १९ मेगावाट क्षमताको आयोजनाको प्रगति पनि ८० प्रतिशतभन्दा बढी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.