कर्णालीमा ५.१ म्याग्निच्यूडको भूकम्प
काठमाडौं : नेपालको पश्चिम क्षेत्रमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ । कर्णाली प्रदेशको दैलेख केन्द्रविन्दु भएर ५.१ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
भूकम्पमापन केन्द्रकाअनुसार राति १२ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का दैलेख र आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।