नम्बर एकको होडमा भुवन र सञ्जय

नम्बर एकको होडमा भुवन र सञ्जय

काठमाडौं : वैशाख ३० देखि गोकर्ण गल्फ क्लबमा सुरु हुने सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा प्रोफेसनल गल्फरहरूले १२ लाख ६० हजार रुपैयाँ पुरस्कारका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्ने छन्। नम्बर एक खेलाडी शिवराम श्रेष्ठको अनुपस्थितिमा अन्य गल्फरलाई नम्बर एक खेलाडीको ताज पहिरिने सुनौलो अवसर जुरेको छ। त्यसका दाबेदार हुन्, भुवन नगरकोटी र सञ्जय लामा।

साविक विजेता भुवन नगरकोटी उपाधि रक्षा गर्दै पहिलो पटक नम्बर एक खेलाडी बन्न चाहन्छन्। गत सिजन तीन उपाधि जित्दै करिअरकै उत्कृष्ट प्रदर्शन गरेका उनी यो सिजनमा उपाधिविहीन छन्। सूर्य नेपाल च्यालेन्जमा उनी एमेच्योर खेलाडी सुवास तामाङसँग एक स्ट्रोकले पछि परे। सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपमा संयुक्त रूपमा दोस्रो हुँदा सूर्य नेपाल एनपीजीए म्याच प्लेमा पनि दोस्रो स्थानमा नै समेटिए।

यो सिजनको प्रदर्शनमा भुवन आफैं निराश छन्। लामो आइरनमा संघर्ष गरिरहनु परेको र फोकस हुन नसकेकाले नतिजा आउन नसकेको उनी बताउँछन्। पछिल्लो समय क्लब परिवर्तन र घरेलु कोर्सले गर्दा आशावादी छन्, भुवन। प्रो सञ्जय र एमेच्योर खेलाडीलाई उनले चुनौती मानेका छन्।

सञ्जय लामा नेपाली गल्फमा एकरूपताको प्रदर्शन गरिराख्न माहिर खेलाडी हुन्। उपाधि संख्यालाई चुल्याउन नसके पनि अधिकांश प्रतियोगितामा उत्कृष्ट पाँचमा उभ्याउन सक्षम छन्। यो सिजन आठै प्रतियोगिता खेलेका सञ्जयका लागि विशेष रह्यो। पछिल्लो चार वर्षमा पहिलो पटक सूर्य नेपाल टुरमा उपाधि जिते सञ्जयले। सूर्य नेपाल वेस्टर्न ओपनको सफलताले उपाधि खडेरी पनि तोडे। उनले उपाधि संख्या चार पुर्‍याएका छन्। एमेच्योर टंकबहादुर कार्कीले जितेको सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपमा दोस्रो भए। सूर्य नेपाल इस्टर्न ओपन र पाइलट गल्फर्स एनपीजीए चौथो स्थानमा पूरा गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.