दुई लाख सिरियाली स्वदेश फिर्ता

दुई लाख सिरियाली स्वदेश फिर्ता

बेरुत : सिरियाको आन्तरिक द्वन्द्वबाट विस्थापित भएर लेबनानमा बसिरहेका शरणार्थीमध्ये करिब २ लाख सिरियालीहरू स्वदेश फर्किएका छन्। लेबनानी सुरक्षा अधिकारीलाई उद्धृत गर्दै स्थानीय एक अखबारले शनिबार प्रकाशित गरेको समाचारअनुसार सन् २०१७ देखियता स्वदेश फर्किने सिरियालीको संख्या २ लाख पुगेका हो। उनीहरूलाई स्वदेश फर्काउनका लागि लेबनानका सुरक्षा निकायले सिरियाली अधिकारीसँग संयोजन गरेको पनि समाचारमा उल्लेख गरिएको छ।

सरकारी अधिकारीका अनुसार सन् २०१८ मा सिरिया फर्किनेको संख्या अत्यधिक रहे पनि अहिले भने रमादानका कारण संख्या घटेको छ। सिरियाली अधिकारीले शरणार्थी स्विकार्ने प्रतिबद्धता जनाएपछि उनीहरूलाई स्वदेश फिर्ती प्रक्रिया अगाडी बढाउने गरिएको लेबनानी सुरक्षा अधिकारीको भनाइ छ। अहिले रमादानका कारण स्वदेश फर्किनेको संख्या घटे पनि त्यसपछि र ग्रिष्मपछि भने फर्किनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

लेबनानमा रहेको संयुक्त राष्ट्रसंघीय कार्यालयमा झन्डै १० लाख सिरियाली शरणार्थीले दर्ता गराएका छन्। तर लेबनान सरकारले भने आफ्नो देशमा रहेका सिरियाली शरणार्थीको संख्या १५ लाखभन्दा धेरै रहेको अनुमान गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.