शीतल गिरीको ‘सालिक’ सार्वजनिक

शीतल गिरीको ‘सालिक’ सार्वजनिक

पोखरा : 'म बिना कसैकसैलाई मुस्किल छ पोखरामा...' गीतका रचनाकार शीतल गिरीले मुक्तक संग्रह ल्याएका छन्। १०१ मुक्तक संग्रहित उनको किताब ‘सालिक’ साहित्यकार सरुभक्तले शनिबार पोखरामा विमोचन गरे। साहित्यकार सरुभक्तले मुक्तक छोटोमा धेरै भन्ने कला भएको विचार राखे।

‘मुक्तक हतारको साहित्य होइन, गम्भीर भएर पढ्नुपर्ने र चिन्तन गर्नुपर्ने विधा हो,’ उनले भने, ‘मुक्तक लेखन जति सजिलो र छिटो हुने ठानिन्छ, स्तरीय मुक्तक लेखन उत्तिकै कठिन छ।’ मुक्तकका ४ लाइनबाट मान्छेको विचार परिवर्तन हुने सरुभक्तको भनाइ थियो। ‘विचार परिवर्तन गर्छ, मान्छेलाई बाँच्न प्रेरित गर्छ,’ उनले भने।

सर्जक शीतल गिरीले मुक्तक विधासँग आफ्नो नजिकको सम्बन्ध रहेको बताए। गिरीको संग्रहका २ मुक्तक श्रीराम अधिकारी गोर्जे र अनीता दाहालले बाचन गरे। गीतकार मन क्षेत्रीले शीतल गिरीको परिचय सुनाए। उनले भने, ‘शीतलका गीतको संग्रह पनि निकाल्न सकिने खालका छन्।’

कार्यक्रमको दोस्रो सत्रमा मुक्तक बाचन भएको थियो। मञ्चका अध्यक्ष प्राञ्जलको अध्यक्षता र सचिव रामजी आचार्यको सञ्चालनमा भएको कार्यक्रममा अनीता दाहाल, बिर्सना बस्नेत, लक्षमण थापा, गीता तिवारी,मन क्षेत्र, राजीव रिमाल, प्रकाश ज्ञवाली, सत्यम, भरत उप्रेती, रोशन तल्कोटे, रिदिमा रिमाल, श्रीराम अधिकारी गोर्जे र अल्पविराम लगायतले मुक्तक सुनाए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.