‘चकचके’ आरोपमा निष्कासित बालक पढाउन विद्यालय सहमत

‘चकचके’ आरोपमा निष्कासित बालक पढाउन विद्यालय सहमत

काठमाडौं : कक्षामा हल्ला र चकचक गरेको आरोपमा निष्काशित पासाङ तामाङलाई पढाउन भीमसेनगोलास्थित कमल नेत्र छुनामुना माध्यमिक विद्यालय सहमत भएको छ।

आइतबार विद्यार्थीका अभिभावक, विद्यालय प्रशासन र अभिभावक महासंघका प्रतिनिधिबीच भएको छलफलपछि तामाङलाई पढाउने सहमति भएको हो। तामाङलाई चकचके आरोपमा निष्काशन गरेकोप्रति विद्यालयले आत्मालोचना गर्दै अबदेखि उनलाई विशेष हेरचाह गरेर पढाउने भएको छ।

नर्सरीमा अध्ययनरत चार वर्षीय तामाङले साथीभाइसँग झगडा गरेको, साथी र स्कुलका सामान फुटाएको लगायत आरोप लगाउँदै स्कुलले यस वर्षदेखि पढाउन नसक्ने जानकारी अभिभावकलाई गरेको थियो।

तामाङ गत वर्ष सोही स्कुलमा ‘प्ले ग्रुप’ मा भर्ना भएका थिए। यस वर्ष विद्यालयले पढाउन नमानेपछि परिवार समस्यामा थिए।

बालका बाबु दोस्रो बिहे गरी बसेका छन्। उनकी आमाको आर्थिक अवस्था कमजोर छ। गरिब परिवारकै भएका कारण तामाङकी आमा घरेलु कामदारको रुपमा काम गर्छिन्।

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले भने, ‘जेठ एक गतेबाट पढाउने र त्यो भन्दा अघि बालकलाई परामर्श दिने सहमति भएको छ। उनलाई विशेष माया गरेर पढाउने पनि मौखिक सहमति भएको छ।’

गत भदौमा पारित भएको अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐनको दफा १० मा कुनै विद्यालयमा भर्ना भई आधारभूत तहको शिक्षा लिइरहेको कुनै पनि बालबालिकालाई विद्यालयबाट निष्काशन गर्न नपाइने उल्लेख छ। विद्यालय भर्ना भएको बालबालिकाले अनुशासनहीन काम गरेको वा खराब आचरण भएको कारणले निजलाई आधारभूत शिक्षा प्राप्त गर्न वा परीक्षा दिन रोक लगाउन नपाइने उक्त दफाको उपदफा दुईमा लेखिएको छ।

आधारभूत तहको शिक्षा प्राप्त गरिरहेको बालबालिकाको अनुशासन, आचरण, पठनपाठन लगायतका विषयमा कुनै सुधार गर्नु पर्ने भएमा विद्यालयका प्रधानाध्यापकले अभिभावकसँग छलफल वा परामर्श गर्नुपर्ने र बालबालिकाले आधारभूत तहसम्मको शिक्षा प्राप्त गर्ने वातावरण सिर्जना गर्न मनोसामाजिक परामर्श वा अन्य आवश्यक उपाय अवलम्बन गर्नुपर्नेछ उप दफा तीनमा व्यवस्था गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.