२०२० प्रबर्द्धनमा त्रिदेशीय आरोहणदलदेखि प्रबल गुरुङको ‘फेसन शो’ सम्म

२०२० प्रबर्द्धनमा त्रिदेशीय आरोहणदलदेखि प्रबल गुरुङको ‘फेसन शो’ सम्म

काठमाडौं : भ्रमण वर्ष २०२० को प्रबर्द्धनका लागि नेपाल, भारत र चीनको संयुक्त आरोहण दलले सगरमाथामा भ्रमण वर्ष २०२० को झण्डा फहराउने भएका छन्। नेपालमा दुई छिमेकी देशबाट बढी पर्यटक भित्र्याउन त्रिदेशीय आरोहण दलमार्फत् सन्देश दिने उद्देश्य रहेको भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले बताए।

त्रिदेशीय आरोहणदलमा नेपालका तर्फबाट कान्छीमाया तामाङ, भारतबाट कल्पना दाश र चीनबाट लियामु मा रहेका छन्।

वैशाख १ मा पोखराबाट भ्रमण वर्ष २०२० ले औपचारिक कार्यक्रम सुरु गरेको हो। भ्रमण वर्षभर गरिने गतिविधिहरूका लागि भ्रमण वर्ष कार्यदलले काम सुरु गरिसकेको छ। केशरमहलस्थित पुरानो शिक्षा मन्त्रालयको भवनमा कार्यालय स्थापना गरी काम सुरु गरेको बताउँदै वैद्यले भ्रमण वर्ष २०२० ले गुणात्मक पर्यटन विकासका लागि पर्यटन पूर्वाधार तथा दीगो पर्यटन विकासलाई लक्षित गरेको छ।

भ्रमण वर्षलाई लक्षित गर्दै भियतनामसँग नेपालले हवाई सेवा सम्झौता गर्न लागेको छ। भियतनामबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा हवाई सम्पर्क स्थापित गरी त्यसक्षेत्रका बौद्धमार्गी पर्यटक भित्र्याउने योजना छ। त्यस्तै, अन्य देशहरूबाट पनि भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा सीधा हवाई सम्पर्क कायम गर्न पहल भैरहेको उनले बताए।

भ्रमण वर्षमा पर्यटकको सेवा सुविधालाई विशेष ध्यान दिइने वैद्यले बताए। पर्यटकलाई जति बढी सुविधा दिन सक्यो, त्यसले नै नेपाललाई उत्तम पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्नेछ। होटल आतिथ्यसत्कार व्यवसायीले मात्र नभएर पर्यटकले लिने सार्वजनिक सेवाको गुणस्तर, उनीहरूलाई समुदायबाट प्रदान गरिने आतिथ्यता तथा सडक मार्ग भएर आउने पर्यटकलाई सीमा क्षेत्रमा स्वागत गर्ने, विदाई गर्ने र उनीहरूको तथ्यांकको अभिलेख राख्ने ‘नमस्ते सेन्टर’ भैरहवामा छिट्टै स्थापना गरिनेछ। भारत र चीनसँगका सीमा नाकामा सबै ठाउँमा यस्ता सेन्टरहरू राखिनेछ।

भ्रमण वर्षलाई लक्षित गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार कार्यलाई फास्ट ट्रयाकबाट अघि बढाइन लागेको छ। आगमन र बर्हिगमनका टर्मिनलहरूमा यात्रुहरूका लागि सुविधा थप्नुका साथै ऐतिहासिकता भल्कने, नेपालको पहिचान दिने तथा स–साना बगैंचा विमानस्थलको दुवै कक्षमा राखिने बताइएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरणले विमानस्थलका टर्मिनल सुधार तथा व्यवस्थापनका लागि २३ करोड रूपैयाँ खर्च गर्न लागेको छ।

पर्यटनमा लगानी सम्मेलन

भ्रमण वर्ष २०२० कार्यदलले आउँदो नोभेम्बर महिनामा पर्यटन लगानी वर्षको तयारी गरेको छ। यस लगानी सम्मेलनमा पर्यटन क्षेत्रको लगानीमा केन्द्रित रहेर लगानी आह्वान गरिने राष्ट्रिय कार्यक्रम संयोजक वैद्यले बताए। ‘सातै प्रदेशमा लगानीका सम्भावनाहरू प्रस्तुत गर्ने, लगानी गन्तव्यहरू विकास गर्ने कामलाई तीव्रता दिन सातै प्रदेश सरकारसँगको समन्वयमा काम गरिरहेका छौं,’ उनले भने।

नेपाल पर्यटन गन्तव्य प्रबर्द्धनका लागि लोन्ली प्लानेटसँग सहकार्य गर्न लागिएको छ भने विभिन्न देशहरूमा नेपाल भ्रमण वर्ष २०२० का लागि ब्राण्ड एम्बेसडरहरू नियुक्त गरिएका छन्। अमेरिकामा वडि विल्डर रोली विन्क्लार, जापानमा साहित्यकार मारिको हायसी, हङकङ सेफ एसोसिएसनका संस्थापक अध्यक्ष हेनिज एग्ली, फ्रान्सका लोकप्रिय फोटोग्राफर एरिक वाली तथा परोपकारका लागि आरोहण अभियानका जोन अर्नेस्ट निल्सनलाई ब्राण्ड एम्बेसडर बनाइएको छ।

भ्रमण वर्षका दौरान विश्वका दर्जन हाइप्रोफाइलहरूको नेपालमा भ्रमण तय भएको छ।

यसका अतिरिक्त देवराय सुप्रानायक, भाविका शाह, जयाविजय राव, नविन नायडू, सिद्धार्थ घोष, रवि भुटानी, प्रविण जयसवाल, शिलेन्द्र जिन्दाल, तिश्राल राव, राकेश लालचन्दानी तथा शुभेन्दु घोषको भ्रमण तय भैसकेको छ।

नेपाली मूलक प्रख्यात फेसन डिजाइनर प्रबल गुरुङले भ्रमण वर्ष लक्षित गरेर अन्तर्राष्ट्रिय फेसन शो नेपालमा आयोजना गर्न सहमति जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.