भैरहवा विमानस्थलको निर्माणकार्य रोकियो

भैरहवा विमानस्थलको निर्माणकार्य रोकियो

भैरहवा : निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माणकार्य रोकिएको छ। विमानस्थलको निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कामको भुक्तानी नपाएपछि विमानस्थलको निर्माणकार्य रोकिएको हो। 

लामो समयदेखि नदीजन्य पदार्थको अभाव झेल्दै आएको उक्त विमानस्थलको निर्माणकार्यमाथि फेरि अर्को समस्या थपिएको छ। २०१९ जुनसम्ममा उद्घाटन गर्नेगरी निर्माणकार्य भइरहेको छ।

विमानस्थल निर्माणमा लाग्ने नदीजन्य पदार्थ आपूर्तीको लागि बुटवल उपमहानगरपालिकाले स्वासम कन्सट्रक्सन कम्पनीसगँ सम्झौता गरेको थियो। तर, उपमहानगरपालिकाले सम्झौता अनुसारको मूल्यमा नदीजन्य पदार्थ दिन नमानेपछि विमानस्थल निर्माणकार्यमा नदीजन्य पदार्थ चरम अभाव हुँदै आएको छ। जसका कारण पनि आयोजना अन्योलमा परेको छ। 

उपमहानगरपालिकाले ०७५ चैत ८ गते विमानस्थल निर्माणका लागि नदीजन्य पदार्थ निकाल्ने जिम्मा स्वासम कन्सट्रक्सन कम्पनीलाई दिएको थियो। तर, उपमहानगरपालिकामा प्रमुख कार्यकारी अधिकृतको रुपमा चक्रपाणी शर्मा आए पश्चात नदीजन्य पादर्थ निकासीमा एकाएक रोक लगाए। त्यसपछि विमानस्थल निर्माणका लागि चाहिने नदीजन्य पदार्थको आपूर्ती ठप्प भएको छ।

त्यसमाथि ठेकदार चिनियाँ कम्पनीले पनि भुक्तानी नपाएपछि निर्माणकार्य नै ठप्प पारेको छ। विमानस्थलको धावनमार्ग वरीपरीको सडक, पार्किङ्ग, प्रवेश र निकास लगायतका संरचना बनाउनका लागि नदीजन्य पदार्थ आवश्यक रहेको निर्माणधिन गौतम बुद्ध अन्ताष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए।

बुटवल उपमहानगरपालिकाले सम्झौता अनुसार नदीजन्य पदार्थ उपलब्ध नगराउँदा आयोजना थप समस्यामा परेको बताए। ‘विमानस्थलको मुख्य संरचना निर्माण हुदैछ’, उनले भने,‘अहिले हामीलाई नदीजन्य पदार्थ निकै आवश्यक छ तर बुटवल उपमहानगरपालिकाले आयोजनाको लागि पनि नदीजन्य पदार्थ निकासीमा रोक लगाउँदा आयोजना समस्यामा परेको छ।’

आयोजनाले आवश्यक समन्वय (सहज आपूर्ती)को लागि बुटवल उपमहानगरपालिकालाई पत्राचार गरेर आग्रह समेत गरेको उनले बताए। तर, विमानस्थलको आयोजनाको आग्रहलाई उपमहानगरपालिकाले बेवास्ता गर्दै आएको छ ।

आवश्यक नदीजन्य पदार्थका लागि स्वसाम कम्पनीले बुटवल उपमहानगरपालिकाले आवश्यक राजश्व दस्तुर समेत बुझाएको छ तरपनि उपमहानगरपालिकाले नदीजन्य पदार्थ निकाल्न दिएको छैन। ‘अहिले हामी विमानस्थल संचालनको लागि डेटलाइन नजिक पुगेका छौँ, यो अवस्थामा हाम्रो लागि एक दिन पनि निकै महत्वपूर्ण हो’,उनले भने,‘अब यस्तो अवस्थामा नदीजन्य पदार्थ निकासीमा स्थानीय तहले रोक लगाउनु भनेको योजनामा असर पार्नु हो।’

त्यस्तै ठेकेदार कम्पनीले भुक्तानी नपाएपछि विमानस्थलको मुटु मानिने धावनमार्गको निर्माणकार्य अलपत्र अवस्थामा छाडिदिएको उनले बताए। रकम अभावका कारण ठेकेदारले पेट्रोलियम पदार्थ खरिद गर्न नसकेपछि काम रोकेको बताइएको छ। विमानस्थलको धावनमार्ग पीचका लागि दैनिक २० लाख रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आवश्यक पर्ने गरेको थियो।
सम्पन्न भएको कामको भुक्तानीका लागि आयोजनाले पटक–पटक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ताकेता गर्दै आएपनि कुनै सुनुवाई भएको थिएन। मन्त्रालयले एडिबीलाई पठाउनु पर्ने फाइल नपठाउँदा एडिबीबाट रकम आउन सकेको छैन। जसका कारण आयोजनाले भुक्तानी गर्न पनि सकेको छैन। 

एडिबीले आयोजनालाई १० करोड बढी रुपैयाँ भुक्तानी दिनुपर्ने छ। एडिबीसगँ भुक्तानीको लागि पर्यटन मन्त्रालयले समयमै समन्वय नगर्दा विमानस्थलमा काम रोकिएको प्रमुख अधिकारीले बताए। ‘भुक्तानीको फाइल पर्यटन मन्त्रालयमा थन्किएको छ’,उनले भने,‘समयमै फाइल सम्बन्धित निकायमा नपुग्दा काम बन्दको अवस्थामा पुगेको हो।’

ठेकेदार कम्पनीले भुक्तानी नपाउँदासम्म काम सुचारु नगर्ने अडान लिएको उनले बताए। भुक्तानी केही दिनभित्र भएपनि नदीजन्य पदार्थको अभावले आयोजना थलिने अवस्थामा पुग्ने आयोजनाका एक अधिकारीले बताए। वर्षायाम लागेपछि नदीजन्य पदार्थ चाहेर पनि निकाल्न सकिदैन ती अधिकारीले भने जसले गर्दा आयोजना संकटमा पर्ने सम्भावना प्रवल देखिएको छ। ठेकेदार कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना लागतको ३७ दशमलव ४ प्रतिशत रकम भुक्तानी गरेपनि एडिबी मार्फत पर्यटन मन्त्रालयले दिने रकम पटक पटक रोकिँदै आएको छ।

विमानस्थलमा अहिले धावनमार्गको अन्तिम चरणको कालोपत्रे गर्ने काम भइरहेको थियो। ३ किलोमिटरको धावनमार्गको अन्र्तगतको ५ सय मिटर मात्र कालोपत्रे गर्न बाँकी छ। एकदिनमा १५ मिटर चौडाई र ३ सय मिटर लम्बाई पिच हुने गरेको थियो।

‘दुई चार दिन मात्रै काम रोकिएमा आयोजना धेरै प्रभावित हुन्छ। अन्तिम समयमा रकम र नदीजन्य पदार्थ अभावको समस्याले आयोजना प्रभावित भएपछि स्थानीय तथा पर्यटन व्यवसायीमा निराशा छाएको छ’ आयोजना प्रमुख अधिकारीले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.