रोकिराखेको ट्याक्टरमा ठोक्किएर स्कुटर चालकको मृत्यु

रोकिराखेको ट्याक्टरमा ठोक्किएर स्कुटर चालकको मृत्यु

राजविराज : रोकिराखेको ट्याक्टरमा ठोक्किएर आइतबार सप्तरीमा एक युवकको मृत्यु भएको छ।

सुरुङगा नगरपालिका-१ हस्पिटल चोकस्थित कदमाहा-गाईघाट सडकखण्डमा भएको सवारी दुर्घटनामा घाइते उदयपुरको त्रियुगा नगरपलिका ३ का ३२ वर्षीया प्रविण चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सडक किनारमा रोकिराखेको स १ त ५००२ नम्बरको ट्याक्टरमा चौधरी सवार स १० प ५८८७ नम्बरको स्कुटी ठोक्किएको हो। स्कुटी उदयपुरको गाईघाटबाट कदमाहातर्फ आइरहेको थियो।

 
दुर्घटनामा घाइते भएका चौधरीको उपचारका क्रममा सिरहाको लहानस्थित सप्तऋषी अस्पतालमा मृत्यु भएको हो। ट्याक्टर र ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय कडरबोनाले नियन्त्रणमा लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.