शकुन्तलादेवीको बायोपिकमा विद्या

शकुन्तलादेवीको बायोपिकमा विद्या

मुम्बई : बलिउड अभिनेत्री विद्या बालन फेरि एक पटक बायोपिक फिल्ममा देखिने भएकी छन्। विद्या अब मानव कम्प्युटरको नामबाट चर्चामा रहेकी शकुन्तला देवीमाथि बन्न लागेको फिल्मको मुख्य भूमिकामा देखिने भएकी हुन्।

शकुन्तला गणितमा तीक्ष्ण थिइन् । त्यसैले उनलाई मानव कम्प्युटरको नाम दिइएको थियो। विद्याले अफ्नो ट्विटर अकाउन्टमा यो खबर सेयर गरेकी छन्। उनले लेखेकी छन्,‘जिनियस शकुन्तलादेवीको भूमिका निर्वाह गर्न उत्साहित छु। मानव कम्प्युटरको सत्य घटनालाई जीवन्त बनाउन पाउँदा रोमाञ्चित छु।’

एउटा सानो सहरकी भारतीय युवती जसले संसार हल्लाएकी थिइन्। खबरअनुसार यो फिल्म २०२० मा रिलिज हुनेछ। फिल्मको नाम ‘शकुन्तला देवी’ राखिएको छ। यो फिल्म ‘लन्डन पेरिस न्युयोर्क’ र ‘बेटिङ’ जस्ता फिल्मबाट चर्चामा आएकी अनु मेननले निर्देशन गर्दैछिन्। फिल्म विक्रम मल्होत्राले निर्माण गर्न लागेका हुन्।

शकुन्तला देवीलाई उनको अविश्वसनीय रूपबाट छिटो गन्न सक्ने क्षमताको कारण ‘मानव कम्प्युटर’ को उपमा दिइएको हो। उनले कुनै औपचारिक शिक्षा लिएकी थिइनन्। यही प्रतिभाका कारण १९८२ मा उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखिएको थियो। एजेन्सी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.