सुटिङ हब बन्दै मुस्ताङ

सुटिङ हब बन्दै मुस्ताङ

जोमसोम : कलाकार पूजा शर्मा एक सातादेखि मुस्ताङमा छिन्। चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को छायांकनका लागि शर्मासहितको कलाकार टोली उपल्लो मुस्ताङ पुगेको हो। पूजा अभिनीत ‘प्रेमगीत’ र ‘म यस्तो गीत गाउँछु’ पनि मुस्ताङमै सुटिङ भएको थियो।

एबी इन्टरनेसनलको ब्यानरमा अमित बस्नेतले निर्माण गरेको ‘सम्हालिन्छ कहिले मन’ का निर्देशक सुदर्शन थापा मुस्ताङको पृथक् भूगोल, प्राकृतिक सौन्दर्य सुटिङका लागि उपयुक्त भएको बताउँछन्।

‘मुस्ताङको सिन चलचित्र सुटिङका लागि भर्जिन लोकेसन हो’, थापाले भने, ‘राम्रो ठाउँ भएकाले धेरै निर्माता, निर्देशकले फिल्म सुटिङका लागि मुस्ताङलाई रोजेका हुन्।’ सडक र यातायात सुविधासँगै मुस्ताङमा फिल्म सुटिङ हुने क्रम बढेको थापाले बताए।

कबड्डी, प्रेमगीत, कागबेनी, के यो माया हो, बिन्दास, छिरिङलगायत २० भन्दा धेरै चलचित्र मुस्ताङमा छायांकन भएका छन्। भारतीय चलचित्र खुदा गहवाको पनि मुस्ताङमा छायांकन भएको थियो।

‘मुस्ताङ आउँदा नेपालमा पनि यस्तो राम्रो ठाउँ छ र जस्तो अनुभव हुन्छ,’ नायिका शर्माले भनिन् ‘आफ्नै घर आए जस्तो लाग्छ।’ नायक आकाश श्रेष्ठले हिमाल, पहाड, शान्त वातावरण, धार्मिकस्थल मुक्तिनाथ, कागबेनी, विभिन्न तालतलैयाको दृश्यले मोहित बनाएको अनुभव सुनाए।

जोमसोम बजारका अगुवा युवा निरज थकाली मुस्ताङ पछिल्लो समय सुटिङ हबको रूपमा विकास हँुदै गएको बताउँछन्। ‘मुस्ताङमा सुटिङ गर्न दिनहुँजसो कलाकार र निर्माता आइरहेका छन्’, थकालीले भने ‘गीत, फिल्मका कारण पर्यटन विकासमा सहयोग पुगेको छ।’

कबड्डी कबड्डी चलचित्र छायांकन भएको थासाङ गाउँपालिका– २ को नाउरीकोट अहिले पर्यटकीय गाउँको रूपमा विकसित भएको छ। चलचित्रको माध्यमबाट लुकेको सौन्दर्य सार्वजनिक भएपछि स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको नाउरीकोटका गिरीसिङ शेरचनले बताए।

जता फर्के पनि हिमाल देखिने र पृथक् भूवनोट भएको सुक्खा पहाड मुस्ताङको आकर्षण हो। निर्देशक थापा मुस्ताङमा चलचित्र सुटिङका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताउँछन्। यसैगरी छायांकनका लागि ड्रोनलगायत उपकरण प्रयोगको अनुमति सहज रूपमा दिनुपर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.