राष्ट्रिय ललितकला प्रदर्शनी बिहीबारदेखि

राष्ट्रिय ललितकला प्रदर्शनी बिहीबारदेखि

काठमाडौं : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान स्थापना दिवसको उपलक्ष्यमा जेठ २ गते राष्ट्रिय ललितकला प्रदर्शनी गरिने भएको छ। नेपाल आर्ट काउन्सिल, बबरमहलमा हुने कार्यक्रमम नवौं राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ तीन हप्तासम्म सञ्चालन हुनेछ। 

प्रदर्शनीका लागि ४६७ कलाकारहरुका चित्रकला, मूर्तिकला, लोककला, हस्तकला तथा अन्य सृजनात्मक कला लगायत विभिन्न विधाका ५२९ ओटा कलाकृति राखिने छ। यसबाहेक वरिष्ठ कलाकारहरुका अप्रतियोगी कलाकृति समेत प्रदर्शनीमा रहनेछन्। 

राष्ट्रिय ललितकला प्रदर्शनीका अवसरमा आर्ट टल्क, डिमोन्स्ट्रेसन, पुस्तक प्रदर्शनी र ख्याति प्राप्त कलाकारसँग अन्तरकृया पनि आयोजना गरिने प्रतिष्ठानले जनाएको छ। 

पुरस्कृत कलाकृतिका लागि नगद पुरस्कार एवं सम्मान पत्रको व्यवस्था गरिएको छ। प्रत्येक वर्ष दुई जना अग्रज वरिष्ठ कलाकारलाई जनही एक लाख राशीको अरनिको राष्ट्रिय प्रज्ञा सम्मान प्रदान गरिनेछ। प्रत्येक विधामा १ जनालाई साठी हजार राशीको राष्ट्रिय ललितकला पुरस्कार ७ जना लाई प्रदान गरिनेछ। यसैगरी प्रत्येक विधामा २ देखि ४ जनालाई जनही पच्चीस हजार रुपैयाँको विशेष पुरस्कार १७ जनालाई दिइनेछ। 

प्रत्येक प्रदेशबाट १/१ जना गरी  ७ जनालाई पच्चीस हजारको प्रदेश विशेष पुरस्कार प्रदान गरिनेछ। एकजनालाई पच्चीस हजारको ललितकला लेखन पुरस्कार र एकजनालाई पच्चीस हजारको ललितकला पत्रकारिता पुरस्कार पनि प्रदान गरिनेछ। 

यस वर्षको अरनिको राष्ट्रिय प्रज्ञा सम्मान वरिष्ठ चित्र एवं मूर्तिकार चिनीकाजी ताम्राकार तथा वरिष्ठ चित्रकार रतनकुमार राईलाई दिइँदैछ। राष्ट्रिय ललितकला लेखन पुरस्कार वरिष्ठ कलाकार, कला लेखक मदन चित्रकारलाई र ललितकला पत्रकारिता पुरस्कार राससका प्रधान सम्पादक श्याम रिमाललाई प्रदान गर्ने निर्णय भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.