दाङका होटलको स्तर निर्धारण

दाङका होटलको स्तर निर्धारण

दाङ   : दाङका होटेल तथा रेस्टुरेन्टको स्तर निर्धारण गर्न थालिएको छ। खाद्य स्वस्छता, गुणस्तर तथा खाद्य सुरक्षालाई केन्द्रित गरेर खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय दाङले जिल्लामा होटलको स्तरीकरण गर्न सुरु गरेको हो।

दाङको तुलसीपुरमा खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय स्थापना भएपछि गुणस्तर र खाद्य सुरक्षाबारे जानकारी दिने उद्देश्यले होटलको स्तरीकरण सुरु गर्न थालिएको कार्यालय प्रमुख विवेक बन्जाराले जानकारी दिए। होटलको अवस्थाबारे आम उपभोक्तामा सचेतना र जानकारी गराउने उद्देश्यले र होटल व्यवसायीलाई जिम्मेवार बनाउन होटेल स्तरीकरण गर्न थालिएको बन्जाराले बताए। उनले यो अभियान कार्यक्षेत्रमा सबै जिल्ला र सहरमा लैजाने समेत बताए। बञ्जाराले सामान्यदेखि राम्रा भनिएकासम्मका सबै होटेल तथा रेस्टुरेन्टलाई स्तरीकरण गरेर वास्विकता सार्वजनिक गरिने बताए।

‘केही सूचकका आधारमा होटेल स्तरीकरण गरिरहेका छौं’, प्रमुख बञ्जाराले भने, यसका लागि खाद्य स्वच्छताको आधारमा होटल रेस्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ लाई प्रमुख आधार बनाएका छौं।’ उनले स्तरीकरणका लागि ५० वटा सूचक रहेको र त्यसलाई सय पूर्णाङक मानेर स्तरीकरणको मूल्यांकन गर्दै आएको बताए।

स्तरीकण गर्दै स्तरअनुसारको स्टिकरसमेत होटलमा टाँस्ने गरेको बञ्जाराले जानकारी दिए। जिल्लामा अहिले चार प्रकारले होटेलको स्तरीकरण गरिएको छ। अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चार भागमा स्तरीकरण गरिने गरेको उनले जानकारी दिए। ९० अंकभन्दा माथि ल्याउनेलाई अतिउत्तम ८०–८९ अंक ल्याउनेलाई उत्तम, ६५–७९ अंक ल्याउनेले सन्तोषजनक र ५०–६४ अंक ल्याउने सामान्य स्तरको होटेलको प्रमाण दिइने गरेको छ।

५० अंकभन्दा कम ल्याउनेलाई गुणस्तर नभएको उत्तमदेखि सन्तोष जनकसम्म हरियो स्टिकर र सामान्यलाई पहेलो स्टिकरण टाँसिने गरेको छ। स्तरीकरण एक वर्षको हुने र अनुगमनको क्रममा भेटिएका सुधार गर्नुपर्ने पक्षको ६ महिनाभित्रमा सुधार नभए एक तह घटुवा गरेर जाने नीतिमा रहेको बञ्जारले बताए।

पहिलोचरणमा २३ वटा होटल रेस्टुरेन्टमा गरिएको अनुगमन र स्तरीकरणमा १४ वटा होटलको मात्रै अवस्था राम्रो भेटिएको बताए। उनले जिल्लामा दुई वटा होटलले थ्री स्टारसहितको स्टिकर प्राप्त गरेको, दुईवटाले टू स्टारको स्टिकर प्राप्त गरेको र चारवटाले एक ताराको स्टिकर प्राप्त गरेको बताए।

घोराहीमा रहेको मालाइन होटल र सिटी प्लाजा होटलाई थ्री स्टारको मान्यता दिइएकको बञ्जाराले बताए। त्यसैगरेर भिग्रेली भिलेज, ग्रिन भ्याली डोको होटललाई टु स्टारको मान्यता दिइएको छ। निरीक्षण गरेका २३ होटेलमा १४ लाई स्टिकर दिइएको र ९ वटा स्टिकर दिन लायक नभएको सुधारको निर्देशन दिइएको बञ्जाराले बताए।

राम्रा र नाच चलेका होटलमा समेत म्याद गएमा प्रयोग गर्न नमिल्ने खालको खाद्य वस्तु राखिएको पाइएको बञ्चराले बताए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.