उखु किसान आन्दोलित

उखु किसान आन्दोलित

मलंगवा : उद्योगले उखुको भुक्तानी समयमै नदिएपछि सर्लाहीका उखु किसान आन्दोलित बनेका छन्। जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापनपत्र बुझाउँदै किसानले चिनी उद्योगले ७२ घण्टाभित्र भुक्तानी नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

सर्लाहीको धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर एन्ड जेनरल इन्डस्ट्रिज प्रालिले ३ आर्थिक वर्षको र गोडैता नगरपालिका स्थित बगदहमा रहको श्री महाँलक्ष्मी सुगर प्रालिले ५ महिनाको भुक्तानी दिन बाँकी छ। भुक्तानी तुरुन्तै दिनुपर्ने माग गर्दै किसानले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा ७२ घण्टाभित्र भुक्तानी नदिए चक्का जाम, बजार बन्द, अनशनसहित जिल्लानै ठप्पपार्ने उल्लेख छ।

किसानको नेतृत्व गर्दै ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री राकेश मि श्रले उद्योगीको रबैयाको कारण किसान मारमा परेको बताएका छन्। राज्यले निर्धारण गरेको ५ सय ३६ रुपैया २८ पैसाको ठाउँमा उद्योगले ५ सय मात्र उल्लेख गरेको छ। राज्यको अनुदान रकम ३६ रुपैया घटाउँदा ४ सय ७१ रुपैयाँ हुनुपर्नेमा पुर्जीमा ४ सय ३५ रुपैयाँ मात्र उल्लेख गरेर किसानलाई दिएको छ।

त्यतिमात्र नभएर कतिपय किसानलाई कुल उखुको तौलबाट २० प्रतिशत जर्ती समेत उद्योगले कटौती गरेको छ। राज्यले तोकेको मूल्य पनि नदिने र जर्तीसमेत कटौती गर्दा किसान दोहोर मारमा परेको मि श्रले बताएका छन्। दुवै उद्योग मिलाएर यो सिजनमा करिब २० लाख क्विन्टल उखु क्रसिङ गरेको छ। २० लाख क्विन्टल उखुको हिसाब गर्दा किसानलाई करिब ७ करोड १६ लाख रुपैयाँ घटा हुने देखिएको मि श्रले बताए।

पटक पटक ताकेदा गर्दा पनि भुक्तानी दिने छाँटकाँट नदेखिएपछि आफूहरू बाध्य भएर आन्दोलनमा उत्रेको उखु किसान संघर्ष समिति क्षेत्र न.ं ४ का संयोजक राम सोगारथ राय यादवले बताए। अन्नपूर्णले अधिकांश किसानको ३ आर्थिक वर्षको र माहालक्ष्मीले ५ महिनाको भुक्तानी बाँकी राखेको छ। भुक्तानी नदिँदा उखुमा आ िश्रत रहेको किसानको बिच्चली भएको छ। चिनी उद्योगी र किसानका प्रतिनिधिबीच उद्योग चल्नु अघि गत पुस अन्तिम साता भएको वार्तामा उखु क्रसिङ सुरु गरेको ३० देखि ४५ दिनभित्र किसानको भुक्तानी गर्ने सहमति भएको थियो। तर उखु क्रसिङ सकेर उद्योग बन्द हुँदासमेत किसानले भुक्तानी नपाएको यादवले गुनासो गरेका छन्।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले उखुको भुक्तानीका लागि उद्योगीलाई आफूले ताकेता गरेको बताएका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.