आवाजबाटै नियन्त्रण हुने एलजीका टीभी

आवाजबाटै नियन्त्रण हुने एलजीका टीभी

काठमाडौं : टेलिभिजन सेटको इतिहासमा पछिल्लो एक दशकमा ठूलो परिवर्तन आएको छ। यो अवधिमा बक्स टेलिभिजन सेटबाट परिवर्तन हुँदै फ्ल्याटर्न, एलईडी, क्यूएलईडी, अल्ट्राएचडीसम्मका टीभी निर्माण भइसकेका छन्। जुन नेपाली बजारमा पनि उपलब्ध छन्। टेलिभिजन सेटमा आएको परिवर्तनसँगै यसमा प्रयोग हुने प्रविधिमा पनि हरेक वर्ष ठूलो परिवर्तन भइरहेको छ।

टेलिभिजन मनोरन्जनमा मात्रै सीमित नभएर दुनियासँग जोडिने माध्यम बन्दै गएको छ। हामी त्यही टेलिभिजनबाटै विश्वसँग जोडिन सफल भएका छौं। टेलिभिजनमार्फत सामाजिक सञ्जाल, वेब ब्राउजरलगायत नयाँ प्रविधिसँग घुलमिल भइरहेका छौं। त्यसैले अहिले हेर्ने हो भने सबैका घरमा टेलिभिजन सेट नजोडिएको कोठा पाउनै मुस्किल हुन्छ। त्यो पनि प्रविधिमैत्री स्मार्ट र डिजिटल टेलिभिजन।

त्यसमा पनि नयाँ आयाम देखा परेको छ। चौधरी ग्रुपअन्र्तगत रहेको सीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा विभिन्न ब्रान्डका घरायसी सामग्री उत्पादन गर्नुका साथै ग्राहकमाझ उपलब्ध गराउँदै आएको छ। त्यसमध्ये एलजी एक प्रमुख ब्रान्ड हो। एलजी ब्रान्डले नेपाली बजारमा विभिन्न घरायसी सामग्री उपलब्ध गराउँदै आएको छ। त्यसमध्ये टीभी एक प्रमुख उत्पादन हो। विश्व बजारमा सबैभन्दा बढी रुचाइएको ब्रान्डको रूपमा रहेको एलजीले नेपाली बजारमा केही समयअघि पहिलोपटक ‘थिंक क्यूआई (आर्टिफिसियल इन्टिलिजेन्स)’ प्रविधियुक्त टेलिभिजन सेट बजारमा भिœयाएको हो।

‘थिंक क्यूआई’ अर्थात, तपाईंको सोचलाई टेलिभिजन आफैंले थिंक गरेर तत्काल सोधिएको विषयमा प्ले गर्ने प्रविधि। एलजीका नेसनल सेल्स हेड पुरुषोत्तम भण्डारी भन्छन्, ‘रिमोटमा बोल्नुस् टेलिभिजनले त्यहीअनुसार काम गर्छ।’ यसको अर्थ अब बोलेरै टीभीलाई कन्ट्रोल गर्न सकिन्छ। रिमोटलाई हातले चलाएर तलमाथि गर्ने युगबाट आवाजले कन्ट्रोल गर्ने युगमा प्रवेश भएको छ।

यी सुविधा एलजीका हरेर स्मार्ट टीभीमा उपलब्ध छन्। त्यसका लागि एलजीले एउटा छुट्टै ‘म्याजिक रिमोट’ निर्माण गरेको छ। जसले थिंक क्यूआई प्रविधिमार्फत कम्प्युटरमा माउसले काम गरेजस्तै काम गर्छ। ‘थिंक क्यूआई प्रविधि आउनुपूर्व पनि रिमोटमा बोलेर टेलिभिजन कन्ट्रोल गर्न सकिने अवस्था थियो। तर पहिला ‘फेसबुक’ भनेर बोलियो भने फेसबुकको लिंक आउँथ्यो। अहिले रिमोटमा ‘फेसबुक’ भनेर बोल्नुभयो भने एकैपटक फेसबुक खुल्नेछ। थिंक क्यूआई प्रविधिले दिएको नयाँपन नै त्यही हो’, भण्डारी बताउँछन्।

भण्डारीका अनुसार एलजीको नेपाली बजारमा स्मार्टअन्तर्गत चारवटा फरक रेन्जमा टीभी छन्। त्यसमा एलजी ओएलईडी टीभी, एलजी सुपर यूएचडी टीभी, एलजी यूएचडी टीभी र एलजी स्मार्ट टीभी छन्। उनले भने, ‘नर्मल एलईडी टीभी पनि छ। त्यसमध्ये थिंक क्यूआई प्रविधिलाई कम्पनीले आफ्ना हरेक स्मार्ट टीभीमा उपलब्ध गराएको छ। ओएलईडी टीभी ५५ इन्चदेखि ७५ इन्चसम्ममा उपलब्ध छन्। जसको मूल्य पाँच लाख ३० हजारबाट सुरु भएर ६ लाख ८० हजारसम्म छ।

त्यस्तै एलजी सुपर यूएचडी टीभीअन्तर्गत बजारमा ५५ इन्चदेखि ८६ इन्च सम्मका टीभी छन्। जसको मूल्य दुई लाख ६८ हजार बाट सुरु भएर १३ लाख १६ हजारसम्म छ। यूएचडी टीभी ४३ इन्चदेखि ७५ इन्चसम्मका उपलब्ध छन्। जसको मूल्य ८० हजार पाँच सय ९० रुपैयाँदेखि सात लाख ९९ हजार ८ सय ९० रुपँयासम्म पर्छ। त्यस्तै एलजी स्मार्ट टीभी ३२ इन्चदेखि ४९ इन्चसम्मका छन्।

जसको बजार मूल्य ४२ हजारबाट सुरु भएर एक लाखसम्म रहेको कम्पनीले जनाएको छ। यी सम्पूर्ण टीभीमा कम्पनीले थिंक क्यूआई प्रविधि आत्मसात गरेको छ। यसले टीभी प्रयोगमा सहजता ल्याएको छ। पुरानो टीभीमा सेटिङ खोज्दै गर्नुपर्ने काम बोलेकै भरमा सहजै गर्न सकिने भयो। यसले यतिसम्म सहज बनाएको छ कि, रिमोटमा बोलेकै भरले टेलिभिजन सेटिङ, मौसमको जानकारी, च्यानल परिवर्तन, साउन्ड घटाउन बढाउन, नेटवर्किङ सेटिङ गर्न सकिनेछ। त्यतिमात्रै होइन, बोलेकै भरमा टीभी बन्द गर्न सकिनेछ।

यी टीभीमा नानो सेल डिस्प्ले, फोरके सिने एचडीआर, डब्ली एटमस साउन्ड सिस्टमलगायत उच्चस्तरीय प्रविधि पनि समावेश गरिएको छ। एन्ड्रोइडमा आधारित टीभीमा एचडीएमआई–३, यूएसडी–२ वाईफाई बिल्ट इन, दुई जीबी ¥याम र ८ जीबी रोमलगायत सुविधा छन्। साथै कम्पनीले यी टीभीको खरिदमा ग्राहकको सहजताका लागि दुई वर्षको वारेन्टी प्रदान गरेको छ।

त्यतिमात्रै नभएर ग्राहकलाई बिक्रीपछिको सेवालाई पनि कम्पनीले प्राथमिकतामा राखेको जनाएको छ। कम्पनीले देशका सबै मुख्य सहरमा सर्भिस सेन्टर स्थापना गरेर सेवा दिइरहेको जनाएको छ। यसका साथै कम्पनीले काठमाडौंमा टोल फ्री नम्बरसमेत सञ्चालन ल्याएको छ। जहाँबाट समस्या टिपाएको २४ घण्टामा समस्या समाधान गरिने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.