मंगलसेन नगरपालिकाको गाडीमा आगजनी

मंगलसेन नगरपालिकाको गाडीमा आगजनी

अछाम  : अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा २ झ ३६९४ नम्बरको जिपमा बुधबार बिहान सवा २ बजेतिर अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनक शाहीले जानकारी दिए। 

नगरपालिका परिसरमै पार्किङ गरी राखिएको प्रमुख चढ्ने जिपमा आगजनी गरिएको हो।  जिप एक बर्ष अगाडी १ करोड २० लाखमा खरिद गरिएको थियो। डिएसपी शाहीले आगजनी गर्नेहरुको खोजी भइरहेको बताए। 

गाडी जलेर पुर्ण रुपमा नष्ट भएको छ । मंगलसेन बजारका स्थानीयले प्रहरीलाई गाडीमा आगजनी गरिएको जानकारी प्रहरीलाई गराएका थिए । जानकारी पाएपछि आफू स्वंयमा  घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए। 

सार्वजनिक सम्पतिमा नष्ट गर्ने निन्दनीय काम भएका नगर प्रमुख पदम बोहराले बताए । उनले भने–‘सुरुमा नै गाडी खरिदको विषयमा धेरैलाई चित्त बुझेको थिएन, त्यसैले पनि त्यो खालकाको घटना भएको हो की भन्ने आशंका छ ।’ सार्वजनिक सम्पतिमा क्षति गर्ने दोषीलाई उम्कन नदिने नगर प्रमुख बोहराले दाबी गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.