दुवै मृगौला फेल भएका बोहराले गरे सहयोगको अपिल

दुवै मृगौला फेल भएका बोहराले गरे सहयोगको अपिल

बाजुरा : बाजुराको बुढिनन्दा नगरपालिका- ९ पाण्डुसेनका २७ वर्षीय धनबहादुर बोहरा आर्थिक अभावमा अस्पातलको शैयामा छट्पटाइरहेका छन्।दुईवटै मृगौला फेल भएका बोहोरा एक महिनादेखि काठमाडौंको वीर अस्पातलमा जीवन मरणको दोसाधमा छन्। 

आर्थिक अवस्था कम्जोर भएका बोहराले विदेश जानका लागि साहुबाट ऋण लिएर काठमाडौं गएका थिए। स्वास्थ्य परीक्षणका क्रममा बोहराको दुबै मृगौला फेल भएको रिपोट आएको थियो। 

दुबै मृगौला फेल भएको रिपोट आएसँगै उनको स्वास्थ्यमा समस्या बढ्दै गएको छ।साहुबाट लिएको ऋण उपचार गर्दागर्दै सकिएको उनका भाइ नरेन्द्रले जानकारी दिए।'श्रीमतीसँग रगत समूह मिलेन।आमा र बुवाको उमेर ६० कटिसकेको छ, मृगौला किन्नुभन्दा अर्को विकल्प छैन,' धनले भने बाँच्ने इच्छा छ, परिवारसँग बस्ने मन छ, सानै भएपनि सहयोग गरिदिनुहोला।'

चिकित्सकका अनुसार उनको अवस्था चौथो चरणमा पुगेकाले मृगौला फेर्नुको विकल्प छैन।धनबहादुरका परिवारलाई सरकारी सेवा सुविधाबारे कुनै जानकारी छैन्।चिकित्सकले दुईवटै मृगौला फेल भएकाले एउटा मृगौल फेर्नुपर्ने बताएका छन्।

उनी वीर अस्पतालको १ सय ५९ बेडमा उपचारको पर्खाइमा छन्।अहिलेसम्म उपचारमा २ लाखभन्दा बढी खर्च भइसकेको छ।उनले आफूलाई बचाइन दिन सबैसँग आग्रह गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.