१५० किलो गाँजासहित दुई पक्राउ

१५० किलो गाँजासहित दुई पक्राउ

मलंगवा : सर्लाहीमा प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले लालबन्दी नगरपालिका वडा नम्बर ७ बाट १५० किलो गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो।

लालबन्दी नगरपालिका ७ का ३७ वर्षीय सनोजराज घिमिरे र पर्साको वीरगञ्ज महानगरपालिका १८, भीस्वा घर भई हाल लालबन्दीमा ग्यारेज चलाउँदै आएका २२ वर्षीय सिधु सिंह पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूबाट बीआर ३० पी १४५८ नम्बरको भारतीय स्कारपियो पनि बरामद गरेको छ। विशेष सुराकीको आधारमा घिमिरे र सिंहलाई प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त टोलीले लागु औषध गाँजा सहित पक्राउ गरेको हो।

स्थानीय र भारतीय बजारमा गाँजाको पोका बनाएर बिक्री वितरण गर्दै आएको सूचना प्राप्त भएपछि खोज तलाश गर्नेक्रममा उनहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए।

लालबन्दी नगरपालिका ६ का सङ्गम लामाको घरबाट पनि प्रहरीले ६२ किलो गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा बरामद गरेपनि घरका मानिसहरु फरार रहेको प्रहरीले जनाएको छ।

सिन्धुली र मकवानपुरको पहाडी क्षेत्रमा उत्पादन हुने गाँजा खोलाको बाटो हुँदै सर्लाही आउने गरेको प्रहरीले जनाएको छ। स्थानीय बजार र भारतमा माग बढीपछि केहीदिन देखि सर्लाहीमा गाँजा तस्करी बढेर आएको छ। तस्करी मौलाउँदै गएपछि प्रहरीले पनि निगरानी बढाएपछि धमाधम तस्कर पक्राउ पर्न थालेका छन्। नवलपुर, लालबन्दी, हरिवन, बागमती, चन्द्रनगर, पर्सा, मलङ्गवा लगायतको स्थानबाट दर्जन भन्दा बढी तस्करहरु पक्राउ परिसकेका छन्।

एकहप्ता अघिमात्र सर्लाहीको नारायणखोलाबाट सय किलो गाँजा सहित दुई जना पक्राउ परेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.