माथिल्लो त्रिशूली थ्रिएले थाल्याे विद्युत उत्पादन

माथिल्लो त्रिशूली थ्रिएले थाल्याे विद्युत उत्पादन

नुवाकोट : त्रिशूली थ्रीए जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ। आयोजनाको विद्युत गृहबाट बिहीबार ३० मेगावाट विद्युत उत्पादन सुरु गरेको हो। 

आयोजनाको सबै संरचना तथा उपकरणहरुको सफल परीक्षणपछि विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा प्रवाह गरिएको छ। आयोजनाको भुमिगत विद्युत गृहबाट सफलतापूर्वक विद्युत उत्पादन सुरु भएको आयोजना प्रमुख फणीन्द्र जोशीले जानकारी दिए।  

नुवाकोटको किस्पाङ र रसुवाको दक्षिणी भेगमा निर्मित आयोजनाको निर्माण सुरु भएको आठ वर्षपछि विद्युत उत्पादन सुरु भएको हो। यसअघि चरण चरणमा गरिएका सम्पूर्ण उपकरण परीक्षणपछि विद्युत् उत्पादन सुरु गरिएको प्रमुख जोशीले बताए। 

नाुवाकोट र रसुवाको मात्र नभई देशकै विद्युत विकासको मेरुदण्डको रुपमा रहेकामै माथिल्लो त्रिशूली थ्रीए जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ। आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् बिहीबारबाट राष्ट्रिय प्रणालीमा जोडियो। 

आगामी असारदेखि सम्पुर्ण युनिट पुरै उत्पादन गरिसकिने जनाइएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नुवाकोटको उत्तरी भेगमा रहेको त्रिशूली नदीको पश्चिमी किनारामा किस्पाङ गाउँपालिका–५ सिम्लेस्थित स्विचयार्डको नियन्त्रण कक्षमा रहेको स्विच थिचेर आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको शुभारम्भ गरे। 

उनले देशको जलविद्युतको विकासमा यो आयोजना महत्वपुर्ण रहेको जनाउँदै आयोजना सम्पन्न गर्नमा नुवाकोट र रसुवावासीको उत्तिकै योगदान रहेको बताए। आयोजनाबाट पहिलो चरणको परीक्षणको रुपमा विद्युत उत्पादन भइरहेको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.