जनता जागेपछि कालोपत्रे हुँदै बौद्ध-जोरपाटी सडक (फोटो फिचर)
काठमाडौं : सडक मर्मत नगरेको भन्दै व्यापारी र स्थानीयले बौद्ध (जोरपाटी सडकखण्ड अवरुद्ध गरेको एक सातामै कालोपत्रे सुरु भएको छ । ‘विश्वसम्पदा सूचिमा सूचीकृत बौद्ध सडक चाँडो पीच गर, धूलो हिलो अन्त्य गर’ जस्ता नारा लगाएर अघिल्लो बिहीबार बिहानबाट स्थानीय प्रदर्शनमा उत्रिएपछि सडक कालोपत्रे हुन सुरु भएको हो । आन्दोलन सुरु भएको एक साता पुग्दा उक्त सडक धमाधम कालोपत्रे भइरहेको छ ।
अघिल्लो बिहीबार बौद्ध व्यापार संघको आयोजनामा व्यापारी र स्थानीयबासी बौद्ध स्तुपा अगाडि विरोध प्रदर्शनमा उत्रिएका थिए । ‘कालोपत्रे छिटो गर’, ढिलासुस्ती गर्ने ठेकदारलाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनकारीले सडकमा ह्युमपाइप, पोल तेर्स्याएर र सडकको बीच भागमै बसेर धर्ना दिएका थिए ।
बिहीबार उमा विष्टले कैद गरेका तस्बिर :