गण्डकीको बर्खे अधिवेशन जेठ १५ मा

गण्डकीको बर्खे अधिवेशन जेठ १५ मा

पोखरा : गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन १५ गते सुरु हुने भएको छ। अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेको छ। प्रदेश बजेट असार १ गते प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ। त्यसको १५ दिनअघि पूर्वबजेट छलफल गर्नुपर्ने प्रदेश सभा नियमावली छ। त्यसैलाई ख्याल गर्दै अधिवेशन १५ गते डाक्ने टुंगोमा सरकार पुगेको हो। 

हिउँदे अधिवेशन गएको २३ पुसमा सुरु भएर ८ वैशाखमा सकिएको थियो। त्यो विधेयक अधिवेशन १५ दिनमा १६ पटक बसेको बस्यो। त्यो अधिवेशनले ६ विधेयक पारित गरेको थियो। प्रदेश सभामा ३ विधेयक भने छलफलमै थाती बसे। 

प्रदेश सभा सचिवालय व्यवस्थापन गर्न बनेको विधेयक, प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र औद्योगिक व्यवसाय विधेयक छलफलमै रहँदारहँदै अधिवेशन अन्त्य भएको छ। ती विधेयक विधायन समितिमा छन्।

 
मन्त्रिपरिषद्ले जिल्ला प्रहरी कार्यालयलाई ९० लाख रुपैयाँका मोटरसाइकल उपलब्ध गराउने निर्णय पनि गरेको जानकारी आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले दिए। प्रदेश सरकारले प्रदेश प्रहरीका लागि गरेको बजेट व्यवस्थाबाटै उक्त रकम खर्च हुने चुमानले बताए। 'प्रदेश प्रहरी गठन भएन, गठन भएको भए त्यतैबाट खर्च हुन्थ्यो,' उनले भने, 'आवश्यकता खट्केको खट्क्यै भयो र यताबाट निर्णय गर्‍यौं।'
 
मन्त्री चुमानले ११ वटै जिल्ला प्रहरी कार्यालय मातहतका इकाइलाई मोटरसाइकल उपलब्ध गराउन टेन्डर खुला गर्ने बताए।'सबै जिल्लाका इकाइमा मोटरसाइकल दिने हो, कतै एउटा पर्ला, कतै दुईवटा पर्ला र कतै तीनवटा पनि पर्ला,'उनले भने। प्रहरीलाई प्रदेशले उपलब्ध गराउने मोटरसाइकल १ सय ५० सिसीको हुनेछ। 

प्रदेश सरकारले प्रदेश प्रहरीलाई भनेर १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर, संघ सरकारले बाटो नखोलिदिँदा प्रदेश प्रहरी गठन हुन नसकेको मन्त्री चुमानले बताए। संघ सरकारकै मातहत रहेको प्रहरीले भने प्रदेश सरकारसँग गाडीसमेत माग गरेको थियो।

तर प्रदेशले अहिलेलाई मोटरसाइकलमात्रै किन्ने निर्णय गरेको हो। प्रदेश २ ले भने मोटरसाइकल र गाडीसमेत किनेर प्रहरीलाई दिइसकेको छ। यसअघि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बजेट खर्चनका लागि नखर्चने भनी प्रहरीलाई गाडी र मोटरसाइकल नकिनेको बताएका थिए। विधि पुर्‍याएर मात्रै बजेट खर्च गर्ने उनको भनाइ सार्वजनिक भएको केही दिनमै उनको मन्त्रिपरिषदले प्रहरीलाई मोटरसाइकल किन्न ९० लाख रुपैयाँ खर्चने निर्णय गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.